कोरोनाले अहिलेसम्मकै धेरै २२५ जनाको मृत्यु

कोरोनाले अहिलेसम्मकै धेरै २२५ जनाको मृत्यु

९ हजार ४ सय ८३ संक्रमित थपिए

काठमाडौँ: नेपालमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २ सय २५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या जम्मा संख्या ४ हजार ४ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९ हजार ४ सय ८३ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार २ हजार ५ सय ९६ जनाको पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ४ सय ८३ मा संक्रमण पुष्टि भएको हो।

नेपालमा सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ।  पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जनाले कोरोना जितेका छन्। 

मन्त्रालयका अनुसार मंगलबार मात्र उपत्यकाका तीन जिल्लामा ३ हजार ९२७ जनामा संक्रमण पुष्टि भएको  छ। काठमाडौंमा २ हजार ७८८, भक्तपुरमा ५ सय ३७ र ललितपुरमा ६ सय २ जनामा संक्रमण पुष्टि भएको हो। 

प्रतिक्रिया