हामी दुर्गमका विद्यार्थी

        सन्दिप भण्डारी   |   प्रकाशित मितिः बुधबार, बैशाख २९, २०७८     ::: 386 पटक पढिएको   |  

सन्दिप भण्डारी
कोराना भाइरस स्वास प्रश्वासको माध्यमबाट सर्ने एक प्रकारको सङक्रमणात्मक रोग हो । सन २०१९ को अन्तिम सातामा चिनको वुहान शहरमा देखिएको थियो । सन २०१९ मा देखिएको यस भाईरसलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको छ । विश्व स्वास्थ्य गठनले सन २०२० को जनवरी ३० मा कोरोना भाईरसलाई विश्वव्यापी महामारीकारुपमा घोषणा गरेको थियो ।

यो भाइरस हाल विश्वको प्राय: सम्पूर्ण राष्ट्रहरुमा फैलिसकेको छ । यो भाइरस कसरी फैलिएको हो भन्ने कुराको प्रष्ट प्रमाण छैन । यसले विश्वकै राजनीतिक तथा सामाजिक जनजिवन अस्तव्यस्त बनाईदिएको छ । यस महामहारीले स्वास्थ्य र शिक्षाको क्षेत्रमा बढी प्रभाव पारेको देखिन्छ । यो भाइरस कति घातक छ भन्नेकुरा छोटो समयमा यसको फैलावटले प्रष्ट पार्दछ ।

विश्वका अधिकाँस देशमा प्रभाव पारिसकेको भाईरस नेपालमा केही समय पछि मात्रै देखिए पनि यसको दोस्रो लहरले भयावह स्थिती को सामना गर्नुपर्ने अवस्था देखिन्छ । यस महामारीका लक्षणहरु स्वास फेर्न गाहे हुने १०० फरेन्हाईट भन्दा बढी ज्वरो आउने, टाउको, छात्ती दुख्ने जस्ता विभिन्न लक्षणहरु देखा पर्ने गर्दछन् ।

विश्वका विभिन्न राष्ट्रहरुले जनस्वाथ्यको मापदण्ड र प्रतिवन्ध लगाएका कारण रोग नियन्त्रणमा सहयोग पुगेको छ । यो अवस्थामा कोरोना भाइरस नियन्त्रणमा आउछ भन्ने बैज्ञानिकहरुले पूर्वानुमान गरेता पनि फरक÷फरक राष्ट्रहरुमा फरक फरक भेरियन्ट देखिएपछि उपलब्ध खोप सबै राष्ट्रहरुले उपयोग गर्न पाउनु अहिलेको आवश्यकता हो । सन २०२० को जनवरी २४ मा प्रथम पटक नेपालमा भाईरस पुष्टि भएको थियो । संक्रमित हुनेको संख्या बृद्धि हुदै गएपछि चैत्र ११ देखि सरकारले लगाएको बन्दाबन्दि बढदै जादाँ विद्यालय बन्द हुनुका साथै सबै परिक्षाहरु स्थगित भएका थिए ।

परिक्षा मात्र स्थगित नभएर लामो समयसम्म विद्यालय पनि सञ्चालन हुन सकेनन् । आन्तरिक मूल्यांकनको आधारमा कक्षा उर्तिण गर्ने काम गरियो । लकडाउन अवधिभर विद्यालयका ढोका खुलेनन् । लामो समय विद्यालय सञ्चालन हुन नसक्दा मन्दिर जस्ता हाम्रा विद्यालय धर्मशालामा परिणत भए । कतै क्वारेन्टाइन बनाईयो त कतै विद्यालयको वरिपरी पलाएको घासले हाम्रा सुन्दर विद्यालय घासे मैदान जस्ता देखिन थाले ।

हामी दुर्गमका विद्यार्थी । हाम्रो सिकाई नै विद्यालय हो । घरमा अध्ययन गर्ने वातावरण हुँदैन् । कहिले वत्ति हुँदैन त कहिले समय हुँदैन् । न हाम्रो सूचना प्रविधिमा पहूँच पुग्छ । जहाँ रेडियो, टेलिभिजन र इन्टरनेटको पहूँच छ त्यहाँ सिकाई भयो होला तर हाम्रो सिकाई दिन भरीको गोठालो अनि विहान बेलुकी घरायसी काम । शहर बजार र पहुँच पुग्ने ठाउँका साथीहरुले मोवाईल र इन्टरनेट सँग मित्रता गासिरहेको बेला हाम्रो मित्रता रुख र चराचुरुङ्गीसँग हुन्छ । विहान चराको आवाजसँगै बिउझन्छौं अनि बेलुकी झ्याउकिरीको आवजसँगै घर प्रवेश गर्छाै ।

सरकारको वैकल्पिक सञ्चार माध्यमद्धारा अध्ययन अध्यापनलाई निरन्तरता दिने प्रयास गरेपनि हामी दुर्गमका विद्यार्थीहरुको लागि प्रभावकारी हुन सकेन् । फोन गर्नकै लागि एक घण्टा हिडेर टावर खोज्दै जानु पर्छ । अग्लो रुखमा मोबाईल झुण्ड्याएर सुख दुःखका कुरा गर्नुपर्ने बाध्यता छ । आधा कुरा गर्दा गर्दै नेटवर्क सम्पर्क हुन सकेना भन्छ । अनि कसरी प्रभावकारी हुना सक्छ हाम्रो अनलाईन पढाई ।

गत वर्ष त यसरी नै बित्यो । यो वर्ष राम्रो होला भनेको पुनः पहिलाको जस्तै गरी दोहोरियो । भाईरसको तिव्र विस्तारसँगै सबै विद्यालयहरु बन्द भएका छन् । यो वर्ष पनि परिक्षा हुने सम्भावना छैन् । कहिले सम्म हुने हो यसरी आन्तरिक मूल्याँकनबाट कक्षा उतिर्ण ? अनि कसरी हुन्छ गुणस्तरीय शिक्षा ?

कोरोनाका कारण विद्यालय क्वारेन्टाइन र आइसुलेसनको रुपमा परिणत हुदाँ विद्यार्थीहरुमा मनोवैज्ञानिक असरहरु देखिएका छन् । क्वारेन्टाईन बनाइएका कक्षा कोठामा अध्ययन गर्ने बालबालिकाहरु त्रास भईरहन्छ र उनीहरुले भित्ताहरुमा पनि कोरोनकै चित्र देख्ने गर्छन । यो दोस्रो लहरले विद्यार्थीमा त्रास सिर्जना गरेको छ । यसले गर्दा बालबालिकाहरुमा दिर्घकालसम्म नकारात्मक असर पर्ने सम्भावना देखिन्छ ।

गत वर्ष लकडाउनको अवधिमा धेरै साथीहरुले उमेर नपुगेरै विवाह गरे । त्यो उनीहरुको बाध्यता थियो । विद्यालय बन्द थिए । पढाईलाई निरन्तरता दिन सकेनन् । उनीहरुको रुची पढाई भन्दा अन्यत्र बढी हुन थाल्यो । घरमा उचित सल्लाह दिनेको पनि अभाव थियो । न घरमा काम छ न विद्यालय जानुपर्छ । त्यसैले वैकल्पिक बाटो बालविवाहलाई रोज्न बाध्य भए । कैयौ बालबालिका बालश्रममा गएका छन् । त्यसैगरी विभिन्न प्रकाका हिंसामा परेका छन् । अभिभावकको रोजगारी बन्द भएको छ । घरमा रोजीरोटीको अभाव छ । विद्यालय बिचमै छोड्ने बालबालिकाको संख्यामा बृद्धि हुदै गईरहेको छ ।

अहिले बालबालिकामा अध्ययनप्रति रुची नै छैन् । साथीभाईहरुसँग घुलमिल हुन गाहे मान्छन् । साथीभाईसँगको घुलमिलको अभाव, पहिला पढेको विर्सने, मानसिक असर पर्ने, अन्यत्र ध्यान नजाने, पढन मन नलाग्ने समय विताउन गाह््रो हुने, आत्महत्याको प्रयास गर्ने जस्ता असरहरु देखिन थालेका छन् ।

भनिन्छ, बालबालिका भविश्यका कर्णदार हुन । भविश्यका कर्णदार बालबालिकाले भोगीरहेका यस्ता समस्याको निराकणका लागि सरकार जवाफदेही बन्नु पर्ने होइनर । शिक्षा विनाको हरेक व्यक्ति असक्षम र असक्त हो । एउटा सिँङ्गो पुस्ता विग्रदैछ । हामी आजको उज्यालो देखेर भविश्यको अन्धार विर्सिरहेका छौं । त्यो अन्धकारको पिडा समाजले कति भोग्नु पर्छ हामीसँग कुनै योजना छैन ।

भौतिक संरचना निर्माण वर्तमान युगको लागि महत्वपूर्ण पूर्वाधार हो । राज्यले पूर्वाधार निर्माणमा लगानी गर्नुपर्छ यो स्वभाविक हो । एउटा पुल निर्माण गर्न धेरै समय लाग्दैन । राज्यसँग श्रोत र दक्ष जनशक्ति भएपछि त्यस्ता पूर्वाधारहरु रातारात निर्माण गर्न सक्छौं । जुन दक्ष जनशक्ति निर्माण गर्न पुस्ता पर्खिनु पर्छ । आज हामीले कोरोना भाईरसकै नाममा त्यो पुस्तामाथी वेवास्ता ग¥यौ भने त्यसको नतिजा राम्रो देखिदैन् । त्यसैले देशमा जस्तोसुकै संकट भएपनि हामी जस्ता दुर्गमका विद्यार्थीको पहुच पुग्ने सूचना प्रविधि, पाठ्यक्रम र शैक्षिक नीतिको विकल्प छैन ।

सन्दिप भण्डारी गुराँस गाउँपालिका–५ गोगनपानी दैलेखस्थित पार्वती मावीमा कक्षा ९ मा अध्ययनरत छन् ।



Leave a comment

Your email address will not be published.


*