१८७ जनाको कोरोनाले मृत्यु : ८१६७ संक्रमित थपिए

१८७ जनाको कोरोनाले मृत्यु : ८१६७ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण १८७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ। 

मन्त्रालयका अनुसार २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ। 

पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जनाले कोरोना जितेसँगै निको हुनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ। अहिले देशभर एक लाख ९ हजार ७४० सक्रिय संक्रमित रहेका छन्। 

प्रतिक्रिया