कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्‍यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या  पाँच हजार नाघ्‍यो

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा सात हजार ३ सय ६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार १९ हजार ५ सय ३९ को पीसीआर र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा सात हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो। 

यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ७३ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जनाले भने कोरोना जितेका छन्। त्यैगरी २४ घण्टामा १ सय ४५ जनाको कोरोनाले ज्यान गएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या पाँच हजार  एक पुगेको छ ।  मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र दुई हजार ६०९ जनामा संक्रमण पुष्टि भएको छ ।

No photo description available.

प्रतिक्रिया