यसरी जितिन्छ कोरोना : मेरो आफ्नै अनुभव !

        निर्मल अधिकारी   |   प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     ::: 506 पटक पढिएको   |  

कागतीको बिरुवा रोपेर जसरी स्याउको अपेक्षा गर्नु प्रायः असम्भव हुन्छ । त्यसैगरी कोरोना जित्नको लागि पनि सकारात्मक सोच नै आवश्यक पर्दछ । मैले कोरोनालाई कसरी जित्न सफल भए ? म आज तपाईहरुसँग मेरा आफ्नै अनुभवहरु बताउन गईरहेको छु ।

एक दिन अगाडी देखि मेरो घाटी खसखस गरिरहेको थियो । बेला बेला खोकी लागिरहन्थ्यो । फिल्डबाट कार्यक्रम सकेर कोठामा आए अनि खाना खाएर सुते । राति ११ बजेतिर एक्कासी यस्तरी ज्वरो आयो कि मेरो शरीर पुरै लगलग कापीरहेको थियो ।

बिहान १० बजेतिर ज्वरोको औषधी खाए । त्यसले मलाई ज्वरो त कन्ट्रोल ग¥यो तर खोकी निको भएन् । खोक्दा निधार भन्दा माथीको भाग पुरै उत्रिएला जस्तै हुन्थ्यो । त्यसपछि म घर गए । घरमा पनि मलाई सञ्चो भएन् ।

केही दिन खाना अलगै कोठामा खाए । सुताई अलगै थियो । कोठामा कसैलाई पनि आउन दिईन् । केही लक्षणहरु कोरोनासँग मिल्दाजुल्दा थिए । घरमा बुढो आमा, छोरी र म्याडम मात्रै । म बिरामी हुदाँ परिवारलाई तनाव भएन् किन भने म आफ्नो सुरक्षा आफै गर्नसक्ने थिए । तर घरमा अरु बिरामी हुदाँ आफु बिरामी भएको भन्दा बढी तनाव हुन्थ्यो । त्यसैले आफु बिरामी भए पनि घरमा अरु बिरामी न हुन भन्ने सोचेको थिए ।

छ सात दिन हुँदा पनि ठिक नहोला जस्तो भएपछि पिसिआर परीक्षण गरे । पिसिआर टेष्ट गर्न दुई घण्टा लाईन लाग्नु प¥यो । त्यहाँ लाईन लागेका सबैका अनुहारहरु झ्याउरिएका थिए । सबै खोक्थे । लाईनमा गाह्रो भएर कोही कम्मरमा हात राख्दै नजिकैको रुखमा अडेस लागेका त कोही पर्खालमा अडिरहेका देखिन्थे । कोही थचक्क भुईमा बस्थे । हेर्दा यि सबै कोरोना हुन कि जस्तो लाग्थ्यो । एउटा खोकिरहेको देखेर अर्काे अलि टाढा भाग्थ्यो । त्यँहा पनि अर्काे खोक्दा आफै भाग्नु पथ्र्याे । लाईनमा उभिन नसकेपछि अलि टाढा गएर आराम गरे । केही पछि पीसिआर परीक्षणका लागि स्वाब दिएँ अनी घर फर्किए ।

रिपोर्ट नेगेटिभ आउस भन्ने मेरो चाहना थियो । तर भोलीपल्ट ३ बजे तपाई पोजेटिभ हुनुहुन्छ, सुरक्षित एक्लै बस्नु होला भनेर फोन आयो । त्यो दिनको रिपोर्टमा चेक गरेका मध्ये ८० प्रतिशत भन्दा बढी पोजेटिभ देखिए छन् ।

त्यस पछि मलाई कता कता डर लाग्यो । मलाई श्वास प्रश्वासमा समस्या थियो । बोल्ने बित्तिकै श्वास बढ्थ्यो । एक छिन बोल्दा फोक्सो फुलेर आउथ्यो । दिनभरी शारीरिक काम गर्दा जसरी शरीर दुख्छ त्यसैगरी मेरा हातखुट्टाहरु दुख्थे । न राती निद्रा लाग्थ्यो न खाना मन लाग्ने । कैयौ रात मैले नसुतेरै बिताए । हात खुट्टा झमझम हुदाँ बाथरुममा गएर शरीर भिजाउथे । अलि चिसो हुन्थ्यो । त्यो चिसोसँगै एक दुई घण्टा निदाउँदो रहेछु । बिहान अलि ढिलो उठ्दा आमा विस्तारै ढोका खोलेर हेर्नुहुन्थ्यो । मलाई थाहा हुन्थ्यो आमा आउनु भयो भनेर । तर म बोल्दैन्थे । अनि बोलाउनुहुन्थ्यो । म हजुर भन्थे । उहाँ सोच्नुहुन्थ्यो होला सास फेरीरहेको छ कि छैन् भनेर । म कोल्टे सुतेर सास फेरीरहेको हुन्थे । आमाले पनि कसरी थाहा पाउनु कम्मल भित्र सुतेर सास फेरीरहेको । म आफु आफैलाई विचार गर्थे तर घरमा भनिन् किन भने मलाई थाहा थियो की, उहाँहरुले चिन्ता मान्नुहुन्छ ।

सामाजिक सञ्जालमा लगातार मृत्युका समाचारहरु आइरहेका हुन्थे । कसैको अक्सिजन नपाएर मृत्यु कसैको रोगले थला परेर मृत्यु । यस्ता समाचारले मनमा खिन्नता ल्याउथ्यो ।

आफुले आफ्नै जिन्दगीलाई फर्केर हेरे । गर्भिलो छात्ती बनाउँदै सोचे म सँग कोराना जित्न सक्ने क्षमता छ । आत्मबल छ । म कोरोनालाई जितेर मेरो कार्यालय फर्किने छु अनि मेरा क्रियाकलापहरु पहिलाको जस्तै दैनिक हुनेछन् । जब मैले आफुभित्रै यसरी विश्वास जगाए कि निको भईसकेको छु र केही दिनको लागि आराम गर्दैछु ।

मैले हरेक बिहान आधा घण्टा मेडिएसन र तातो बाफ लिने गरे । जसले गर्दा मलाई स्वास प्रश्वासमा अलि सहज भयो । खाना खान मन नलाग्ने भएकाले भिटामिन वि, सि, डि खाए । त्यसैगरी च्ववन प्रासको प्रयोगले मलाई शक्ति कम हुन दिएन् । दैनिक करिव ५ लिटर पानी पिउथे । पानीमा आफै पनि अक्सिजन हुन्छ । प्रसस्त पानी पिउँदा मलाई लाग्छ, सायद अक्सिजनको कमी हुन दिएन होला ।

मेरो यहाँहरुलाई सुझाव, कोरोना संक्रमित हुँदैमा चिन्तित नहुनुहोला । नआत्तिनु होला । कोरोनामाथी विजय प्राप्त गर्न सक्छु भन्ने जब तपाईमा सामथ्र्य पैदा हुन्छ त्यसपछि कोरोना मात्रै होइन् सबै रोगहरु विस्तारै निको हुँदै जान्छन । तपाई भित्रको सामाथ्र्य र सकारात्मक सोचले कोरोनालाई जित्न सहयोग गर्नेछ । त्यसैले कोरोना हुँदैमा हरेस नखाऔँ, दृढ संकल्प सहित सामना गराैँ । कोरोना माथीको विजय तपाई हाम्रो जीवन माथीको विजय हो ।

मेरो भगवानसँग एउटै प्राथना थियो कि जिउँदै ति मसानघाट जस्ता हस्पिटलमा भर्ना हुन नपरोस । संयोगले भर्ना हुन पनि परेन् । यसको लागि पुर्नजन्म दिने भगवान अनि दैनिक स्याहार गर्ने श्रीमती र आमालाई धन्यवाद ।

कोरोनामाथी त विजय प्राप्त गरियो, अझ धेरै आफ्नै जिन्दगीका खुट्किलाहरुमा विजय प्राप्त गर्न बाँकी नै छ !

 



Leave a comment

Your email address will not be published.


*