प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा निवेदन प्रधानन्यायाधीशकै इजलासमा

प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा निवेदन प्रधानन्यायाधीशकै इजलासमा

काठमाडौँ : प्रतिनिधिसभा विघटनसम्बन्धमा परेका १९ वटा निवेदनहरु प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफ्नै इजलासमा राखेका छन् । दुईथरी निवेदनमध्ये साधारण प्रकृतिका निवेदनहरु जबराको इजलासमा परेका हुन् । संवैधानिक इजलासमा तोकिएका निवेदनहरुको पालो शुक्रबार आउनेछ ।

१९ वटा निवेदनमध्ये केहीमा सरकारलाई अनुकूल हुने निवेदनहरु पनि छन् । तिनमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा निरन्तरता दिनुपर्ने र तोकिएको समयमा निर्वाचन हुनुपर्ने मागसमेत छ ।

विपक्षी दलहरूसहितको गठबन्धनले पनि १४६ सांसदको हस्ताक्षरसहित संसद् पुन:स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी निवेदन दर्ता गराएको छ । उक्त निवेदन भने शुक्रबार मात्र सुनुवाइ हुनेछ ।

निम्न निवेदनहरु आजको सुनुवाइमा पेशीमा परेका छन् :

अधिवक्ता वीरभद्र जोशी समेत || राष्रपतिको कार्यालय समेत ३

अधिवक्ता अजय बुढाथोकी समेत || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता ज्ञानेन्द्रराज आरण समेत || राष्ट्रपति कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता शालिकराम सापकोटा समेत || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता वद्रीराज भट्ट || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता नीतिका ढुङ्गाना || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

सुप्रिम लिगल एडका माइतीघर काठमाण्डौका संस्थापक लोकेन्द्र बहादुर ओली समेत || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता ईन्द्र प्रसाद अर्याल || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता उमेश प्रसाद समेत || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता दिनेश त्रिपाठी || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता चन्द्र प्रसाद लुईटेल समेत || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

कृष्ण तिमल्सीना || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता दिपक राई समेत || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता दिपक राज कडेल समेत || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

सुलभ खरेल || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता धनजित वस्नेत || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता कृष्ण प्रसाद भण्डारी || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता राजाराम घिमिरे || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

अधिवक्ता यज्ञमणी न्यौपाने || राष्ट्रपतिको कार्यालय शितलनिवास काठमाण्डौ समेत

प्रतिक्रिया