स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई २ देखि ५ वर्षसम्म जेल सजाय हुने

स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई २ देखि ५ वर्षसम्म जेल सजाय हुने

काठमाडौं : अब स्वास्थ्यकर्मीमाथी आक्रमण गरेमा २ देखि ५ वर्ष जेल सजाय हुने भएको छ । कसैले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा आक्रमण गरेमा २ देखि ५ वर्षसम्म कैद वा २ देखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था सरकारले अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ मा यस्तो व्यवस्था गरिएको छ ।

चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले आफूमाथि आक्रमणका घटना बढ्न थालेको भन्दै कडा कारवाहीको व्यवस्थासहितको कानुन ल्याउन माग गर्दै आएपछि सरकारले अध्यादेशमार्फत यस्तो कानूनी व्यवस्था गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १ सय १४ को उपधारा १० अनुसार अध्यादेश जारी गरेकी हुन् ।

अध्यादेशकाे पूर्णपाठ

स्वास्थ्यकर्मी-तथा-स्वास्थ्य-संस्थाको-सुरक्षा-सम्बन्धी-अध्यादेश-२०७७

प्रतिक्रिया