कोभिड प्रभावित बालबालिकालाई खाद्यान्न सहयोग

कोभिड प्रभावित बालबालिकालाई खाद्यान्न सहयोग

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित बाल हेल्पलाइन १०९८ कालिकोटले खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) प्रभावित बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको हो ।
अभिभावक कोरोना संक्रमित भई खाद्यान्नको अभाव झेलिरहेका कालिकोटका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको बाल हेल्पलाइन १०९८ कालिकोटका संयोजक संगिता वलीले जानकारी दिइन् । उनका अनुसार कालिकोटस्थित विभिन्न स्थानका १५ जना बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको हो ।
घरमा खाद्यान्न समस्या भएको र जोखिममा परेका बालबालिकालाई सहयोग अन्तरगत १५ परिवारलाई चामल, दाल, नुन, तेल, सावुन लगाएत खाद्यान्न तथा स्वास्थ्य तथा सरसफाईका सामग्रीहरु सहयोग गरिएको हो ।
बालबालिकाहरुलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, पूर्व अध्यक्ष सिता रानाले खाद्यान्न तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया