दैलेख अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग

दैलेख अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग

सुर्खेत : विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपाल सुर्खेतले स्वास्थ्य सेवा कार्यालय दैलेख÷दैलेख अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर गरेको छ । १० लिटरको र ५ लिटरको एक÷एक वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो । आइडिया नेपाल सुर्खेतका सचिव राज विश्वकर्माले मंगलवार स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मी र डा. जगत थापालाई संयुक्त रुपमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।
जनसंख्याका हिसावले सुर्खेतपछि कर्णालीको दोस्रो ठूलो जिल्ला दैलेखमा कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन दुई वटा अक्सिजन कन्सन्ट्रेटर सहित १० सेट पीपिई, मास्क, स्यानीटाइजर र ग्लोब्स सहयोग गरिएको आइडिया नेपालका सचिव राज विश्वकर्माले बताए ।
अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री हस्तान्तरणपछि स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले कोरोना माहामारीमा नियन्त्रण तथा उपचारका लागि सहयोग पु¥याउने आइडिया नेपाललाई धन्यवाद दिए ।
दैलेख अस्पतालका डा. जगत थापाले कुनै बेला अक्सिजनको अभाव झेलेको सम्झना गर्दै विभिन्न सहयोगी व्यक्ति तथा संस्थाहरुको सहयोगबाट अब अक्सिजनकै अभावले कोरोनाका बिरामीले ज्यान गुमाउनु नपर्ने बताए ।

 

प्रतिक्रिया