मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८     ::: 58 पटक पढिएको   |  

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । एमाले केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार प्रधानमन्त्रीले अपरान्ह ४ बजे शपथ ग्रहणको तयारी रहेको छ । हाल ७ वटा मन्त्रालय रिक्त थिए । स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी र नैनकला थापालाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्री बनाइँदैछ । यस्तै, नारदमुनि रानालाई वनमन्त्री, मोहन बानियाँलाई विनाविभागीय, ज्वालाकुमारी साहलाई कृषि, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको छ ।



Leave a comment

Your email address will not be published.


*