गजल

गजल

श्याम परियार, गुराँस गाउँपालिका दैलेख

संसारका मानव हामी बुद्धिजीवि अति
लैङ्गिक पहिचान छुट्टै स्वीकारौँ न साथी ।

भावना माया र ममता एउटै मानी
नगरौँ है भेदभाव फरक मानव हामी ।

संविधान र कानुनले दिएको छ अधिकार
शिक्षा सामग्री र पाठ्यक्रम पनि बनाएर ।

सबै माझमा सचेतना र सूचना पु¥याएर
सम्मान गरौँ सबैलाई न्याय दिएर ।

प्रतिक्रिया