दैलेखमा ३३ सय संक्रमित मध्ये ३२ सय कोरोना मुक्त

दैलेखमा ३३ सय संक्रमित  मध्ये ३२ सय कोरोना मुक्त

दैलेख : दैलेखमा कोरोना भाइरस पुष्टि भएका मध्ये तीन हजार २ सय १० जना बिरामी निको भएका छन् । जिल्लामा बुधवारसम्म ३ हजार ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
ती मध्ये ३ हजार २ सय १० जना बिरामी निको भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।

पहिलो लहरमा एक हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो । दोस्रो चरण सुरू भएपछि एक हजार ८ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ९४ जना मात्रै रहेको बताइएको छ । ती मध्ये ७ जना दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।

जिल्लामा कोरोना संक्रमणका कारण २७ जनाको निधन भएको छ । पहिलो लहरमा ६ जनाको मात्रै मृत्यु भएको दैलेखमा दोस्रो चरण सुरू भएपछि वैशाख यता मात्रै २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया