मेलम्ची क्षेत्र पुगेर प्रधानमन्त्रीले पीडितलाई दिए जस्तापाता र रकमको आश्वासन

मेलम्ची क्षेत्र पुगेर प्रधानमन्त्रीले पीडितलाई दिए जस्तापाता र रकमको आश्वासन

मेलम्ची, सिन्धुपाल्चोक : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्र हेलम्बु गाउँपालिकाको गणेश बगर र मेलम्ची नगरको मेलम्ची बजार अवलोकन गर्दै बाढी प्रभावित परिवारलाई जस्तापाता र ५० हजार रुपैयाँ दिने आश्वासन दिएका छन् ।

ह्योल्मोभूमि हेलम्बु हुँदै उर्लिएर आएको बाढीले बगर तुल्याएको २६ दिनपछि नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आएका उनले ध्वस्त भौतिक संरचना पुनर्निर्माण गरिने बताए । ‘हेलम्बु र मेलम्ची भेगका विस्थापित ३ सय ६७ परिवारलाई १५ सय बण्डल जस्तापाता र अन्य प्रभावितलाई ५० हजार दिनेछौं, भत्किएका अन्य ब्रेलिब्रिजको बदला मोटरबेल पुल बनाउनका लागि योजना तयार गर्दैछौ,’ उनले भने । उनले नदीको तट क्षेत्र या वरीपरी आवास संरचना नबनाउन सुझाव दिए । ‘अन्य भौतिक संरचना पनि तटक्षेत्रबाट दीर्घकालीन रहने गरी बनाउन इन्जिनियर साथीहरुलाई मेरो सुझाव छ , नदीले झनै बर्खापिच्छै गहिरो बनाइरहन्छ,’ उनले भने । स्थायी संरचना निर्माण गर्न मेलम्चीमा चार लाख र हेलम्बुमा पाँच लाख दिइने उनले प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया