सर्वोच्चले भन्यो, ७६ (५) को प्रयोगमा सांसदले विवेक प्रयोग गर्न पाउँछन्, दलीय ह्वीप लाग्दैन
![सर्वोच्चले भन्यो, ७६ (५) को प्रयोगमा सांसदले विवेक प्रयोग गर्न पाउँछन्, दलीय ह्वीप लाग्दैन](https://snowberry.prixacdn.net/media/gallery_folder/Supremecourtnew_20210609050143_0wfTyU0z7W_rwbgpzgvmnrqrqhcmlzlpntdomygnpuqjmz4bushyw7tusvmvicvdiyrbkdf.jpg)
काठमाडौं : सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलीय ह्वीप नलाग्ने ठहर गरेको छ । अदालतले यो व्यवस्थाको अभ्यासमा सांसदले विवेक प्रयोग गर्न पाउने व्याख्या गरेको छ।
संवैधानिक इजलासले सोमबार सुनाएको फैसलामा धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो । अब दलीय ह्वीपको त्रास सकिएको छ।
प्रतिक्रिया