दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । सोमबार प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको देउवा पक्षमा फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो।

यस्तै सर्वोच्चले देउवालाई २ दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ। रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन गरिएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए। रिट निवेदकका ३६ कानुन
व्यवसायीले सुरुमा बहस गरेका थिए। विपक्षीका तर्फबाट महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिलले बहस गरे। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट २१ र
सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ कानुन व्यवसायीले बहस गरेका थिए।

रिट निवेदकका तर्फबाट चार वरिष्ठ अधिवक्ताले प्रत्युत्तर बहस गरेका थिए। एमिकस क्युरीका तर्फबाट नेपाल बार एसोसिएसनबाट दुई र सर्वोच्च बार
एसोसिएसनबाट दुईजनाले बहस गरेका थिए। अदालतको साथी मानिएको (एमिकस क्युरी) को राय बाझिएको छ।

दुई जना रिट निवेदनको पक्ष र दुई जनाले विपक्षमा राय दिएका थिए। वरिष्ठ अधिवक्ताद्वय उषा मल्ल पाठक र प्रकाशबहादुर केसीले प्रतिनिधिसभा विघटनको
निर्णय उचित भएको बताएका थिए भने वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र कोमलप्रकाश घिमिरेले रिट निवेदनको माग सही भएको राय दिएका थिए।

प्रतिक्रिया