एमाले उपाध्यक्ष भीम रावलले दिए सांसद पदबाट राजीनामा

          |   प्रकाशित मितिः आइतवार, साउन ३, २०७८     ::: 174 पटक पढिएको   |  

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताए ।आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ ।


Leave a comment

Your email address will not be published.


*