भीम रावलले लिए राजीनामा फिर्ता

भीम रावलले लिए राजीनामा फिर्ता

काठमाडौं :  नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।रावलले आज सभाामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताएका हुन् ।

रावलले साउन ३ गते विश्वासको मत भन्दा अगाडि राजीनामा दिएका थिए । पार्टी एकताको लागि शेरबहादुर देउवालाई विश्वासको मत नदिन आफूले गरेको आग्रह माधव नेपालले नमानेपछि रावलले राजीनामा दिएका थिए ।
उनले सभामुखलाई आफ्नो कारण दुःख भएको भन्दै त्यसप्रति क्षमायाचना गरेका छन् । रावलले संसद बैठक बस्नुअघि राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया