योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

काठमाडौँ : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।यस्तै,आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई नियुक्त गरिएको छ ।

को हुन् पौडेल ?

युवा अर्थशास्त्री विश्व पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् ।

उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।

अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट उनले विद्यावारिधि उपाधि प्राप्त गरेका पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।

प्रतिक्रिया