दार्चुला प्रशासनले भन्याे : युवक बेपत्ता घटनाबारे भारतसँग जानकारी मागेका छौं

दार्चुला प्रशासनले भन्याे : युवक बेपत्ता घटनाबारे भारतसँग जानकारी मागेका छौं

 

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुुलाले तुुइन तर्ने क्रममा युवक महाकालीमा युवक बेपत्ता भएको घटनामा भारतीय पक्षसँग जानकारी माग गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्टले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिएको जानकारी दिएकी छन् ।

यो घटना छानबिनकै क्रममा रहेको भन्दै सहायक प्रजिअ भट्टले सत्यतथ्य पुष्टि नभएको अवस्थामा दुुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका सूचना तथा समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेकी छन् ।शुक्रबार तुइन तर्नेक्रममा एसएसबीले तुइनको डोरी फुकाइदिँदा व्याँस गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । घटनाको सत्य तथ्य बुझ्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुुसुन्धान जिल्ला कार्यालयबाट टोली समेत खटाइएको प्रशासन कार्यालयले उल्लेख गरेको छ । उक्त टोलीबाट हालसम्म कुनै जानकारी प्राप्त नभएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया