भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाडाैं : सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले उक्त आयोग खारेज गरेको हो।  केपी ओली नेतृत्वको सरकारले २०७६ चैत ९ गते गठन गरेको उक्त आयोगको अध्यक्ष देवी ज्ञवाली थिए। २०७७ माघ १५ देखि जिल्लामा समेत उक्त आयोग गठन गरिएको थियो। भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ ख को उपदफा (६) को आधारमा उक्त आयोग गठन गरिएको थियो।

प्रतिक्रिया