सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउने प्रतिवद्धता

सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउने प्रतिवद्धता

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने विश्वास व्यक्त गरेका छन्। मन्त्री शर्माले बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा सार्वजनिक संरचना अपाङ्गमैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

नेटवर्कका प्रतिनिधिले सार्वजनिकस्थल अपाङ्गमैत्री नभएको, तीनपाङ्ग्रे सवारीसाधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज रुपले उपलब्ध हुनुपर्ने लगायतका माग राखेका थिए।

प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिएको उनको सचिवालयले जनाएको छ । मन्त्री शर्माले घाइते तथा अपाङ्गता भएकाको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोशिस भइरहेको जानकारी दिए।

प्रतिक्रिया