मास्क लगाउँदा भुलेर पनि यी पाँच गल्ती नगरौं

मास्क लगाउँदा भुलेर पनि यी पाँच गल्ती नगरौं

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बच्न हामीले मास्कको प्रयोग गर्दै आएका छौं। तर मास्कको सही प्रयोग भएको छ कि छैन भन्नेबारे ध्यान दिनु जरुरी छ। मास्कको सही प्रयोगबाट नै सुरक्षित रहन सकिन्छ। मास्क लगाउँदैमा कोरोना लाग्दैन भन्ने होइन मास्कको सही प्रयोग गर्न जान्नुपर्छ। कतिपयले बाहिर जाँदा मास्क चिउँडोमुनि लगाउने, लगाएको मास्क खोलेर कुरा गर्ने, घर आएपछि जथाभावी राख्ने गरेको पाइन्छ। यसो गर्दा संक्रमणको जोखिम झनै बढ्छ। मास्कोको सही प्रयोग गर्ने र प्रयोग गरिसकेपछि सही ठाउँमा विसर्जन गर्नुपर्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क प्रयोग गर्दा व्यक्तिले बारम्बार पाँचवटा गल्ती गर्ने गरेको बताएको छ। मन्त्रालयले आफ्नो वेभसाइटमा एउटा भिडियो सन्देश दिँदै यस्तो गल्ती नगर्न सुझाएको छ। स्वास फेर्न गाह्रो हुन्छ भने चिउँडो मात्र छोप्ने गरी मास्क नलाउन, आफूले लगाएको मास्क अरुलाई लगाउन नदिने, अरु व्यक्तिसँग बोल्दा मास्क नखोल्ने, आफूले लगाएको मास्क पटक-पटक नछुने,भीडभाडमा मास्क नखोल्न जस्ता पाँचवटा सावधानी अपनाउन आग्रह गरेको छ।

यस्तै मन्त्रालयले मास्क खोल्दा छेउको डोरी समातेर खोल्न र बीचको भाग सकेसम्म नछुन सुझाव दिएको छ। मास्क खोलिसकेपछि  प्लाष्टिकको झोलामा सजिलै खोल्न नमिल्ने गरी बाँधेर राख्ने, संक्रमित व्यक्तिले लगाएको वा संक्रमित व्यक्तिसँग सम्पर्कमा आउँदा लगाइएको मास्कलाई दुई तह झोलामा राख्ने, मास्क राखेको झवालाको मुख बन्द गर्ने र त्यस झोलालाई सामान्य घरेलु फोहोरसँग राखी विर्सजन गर्ने र विसर्जन गरिसकेपछि फेरि साबुन पानीले हाती धुने गर्नुपर्छ।

मास्क लगाउँदा बारम्बार हुनसक्ने यी पाँच गल्तीहरु 

चिउँडो मात्रै छोप्ने गरी मास्क नलगाऔँ।

 आफू वा अरु कसैले लगाइरहेको मास्क छुने नगरौँ।

 अरु व्यक्तिसँग वार्तालाप गर्दा मास्क नखोलौँ।

 आफूले प्रयोग गरेको मास्क अरुलाई प्रयोग गर्न नदिऔँ।

 भीडभाडमा मास्क खोल्दै नखोलौँ।

प्रतिक्रिया