नेकपा (एकीकृत समाजवादी) ले पायाे मान्यता

नेकपा (एकीकृत समाजवादी) ले पायाे मान्यता

काठमाडौं : निर्वाचन आयोगले एमालेबाट अलग भई माधव नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई मान्यता दिएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको इगोका कारण एमाले औपचारिक रूपमा विभाजन भएको छ।सरकारले राजनीतिक दल विभाजन गर्न खुकुलो प्रावधानसहित अध्यादेश जारी गरेपछि नेपालसहित ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए। केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्न पाउने प्रावधानसहित अध्यादेश जारी भएको थियो।

पूर्वएमालेका ५४ केन्द्रीय सदस्य र २९ सांसदले बुधबार आयोग पुगी नयाँ पार्टीका पक्षमा सनाखत गरे। वरिष्ठ नेता झलनाथ खनालले दिल्लीस्थित नेपाली राजदूतावासमार्फत  सनाखत  गरे। आयोगले  नयाँ दल दर्ताको प्रक्रियादेखि नै संलग्न भएको भन्दै खनालको सनाखतलाई मान्यता  दिएको हो। भदौ ४ गते नयाँ दल दर्ताको निवेदन दिइएको थियो।

एमालेबाट झण्डै एकतिहाइ केन्द्रीय सदस्य र संघीय सांसदलाई लिएर नेपालले नयाँ पार्टी दर्ता गरेका छन्।  आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एकीकृत समाजवादी दर्ता भएको जानकारी दिए। ‘५४ जना केन्द्रीय सदस्य र २९ संघीय सांसदले आयोगमा नै आएर सनाखत गर्नुभयो,’ प्रवक्ता श्रेष्ठले भने, ‘झलनाथ खनालले दिल्लीस्थित राजदूतावासबाट सनाखत गर्नुभयो। आयोगले सबै सनाखत जाँचपुछ गरी दल दर्ताको प्रमाणपत्र दिएको छ।’ पुराना नेता प्रदीप नेपाल पनि नयाँ पार्टीमा समावेश भएका छन्।

आयोग पुगेका चार केन्द्रीय सदस्य र तीन सांसदले सनाखत गर्न पाएनन्। निवेदन दर्ता गर्ने बेलामा उनीहरूको नामावली नभएको कारण सनाखतमा समावेश नगरेको आयोगले जनाएको छ। केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजन राई, केन्द्रीय सदस्य विक्रम शाही र रामप्रित पासवानको सनाखत हुन सकेन। केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे, समानुपातिक सांसद माया ज्ञवाली र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले दल विभाजनमा सनाखत गर्न पाएनन्। निवेदन दर्तामा सहभागी केन्द्रीय सदस्यद्वय भाष्कर काफ्ले र रविन कोइराला भने सनाखत गर्न आयोग गएनन्।

एमालेको २६ स्थायी समिति सदस्यमध्ये नेपाल, खनालसहित मुकुन्द न्यौपाने नयाँ दलमा लागेका छन्। नेपाल पक्षले तीन दिनसम्म चन्द्रागिरि हिल्स रिसोर्टमा नेतालाई राखी सोझै आयोगमा ल्याएर सनाखत गराएको थियो। चन्द्रागिरिमा भएको भेलाले एकीकृत समाजवादी पार्टीको अन्तरिम विधान र घोषणापत्र पारित गरेको थियो। नेपाल पक्षधर १० स्थायी समिति सदस्य भने एमालेमा फर्केका छन्।

नेपाल पक्षले केन्द्रीय कमिटीमा २० प्रतिशत पुर्याए पनि संसदीय दलमा  सनाखत गर्नेको संख्या २० प्रतिशत पुगेन। २०२ जनाको केन्द्रीय कमिटीको २० प्रतिशत ४१ जना हुन्छ भने १ सय ५४ जनाको संसदीय दलको २० प्रतिशत ३१ जना हुन आउँछ। एमालेको प्रतिनिधिसभामा १ सय २१ र राष्ट्रियसभामा ३३ सांसद छन्।

सनाखतपछि नेता मेटमणि चौधरीले चार महिनामा एकीकृत समाजवादी सबैभन्दा ठूलो बन्ने दाबी गरे।  उनले भने, ‘मुलुकमा यो पार्टी चार महिनापछि सबैभन्दा ठूलो पार्टी बन्दैछ। यही पार्टी वरिपरि मुलुकको राजनीति अगाडि बढ्छ।’ उनले छिट्टै यो पार्टी माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, विप्लव, मोहन वैद्यलगायत सबै राजनीतिक दलबीच एकीकरण हुने पनि बताए।

एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने नेताहरू 

१. माधकुमार नेपाल
२. झलनाथ खनाल –दिल्लीस्थित राजदूतावासबाट
३.प्रदीप नेपाल
४. मुकुन्द न्यौपाने
५.बेदुराम भुसाल
६.प्रमेशकुमार हमाल
७. राजेन्द्रप्रसाद पाण्डे
८.डा. विजयकुमार पौडेल
९. गंगालाल तुलाधर
१०. प्रकाश ज्वाला
११. नागेन्द्रप्रसाद चौधरी
१२. जयन्ती राई
१३. तुलबहादुर गुरुङ
१४.जगन्नाथ खतिवडा
१५. प्रतापलाल श्रेष्ठ
१६. जीवनराम श्रेष्ठ
१७. धर्मनाथप्रसाद साह
१८.रामचन्द्र यादव
१९. रत्नेश्वर गोइत यादव
२०. यदुवंश झा
२१.श्रीप्रसाद साह
२२. रवीन्द्र वैठा धोबी
२३. लक्ष्मण पौडेल
२४.देवशंकर पौडेल
२५. विरोध खतिवडा
२६. मेटमणि चौधरी
२७.विश्वनाथ प्याकुरेल
२८. मदनकुमारी शाह (गरिमा)
२९.प्रमेलकुमार खनाल
३०. विजय गुरुङ
३१. सावित्रा भुसाल
३२. रामकुमार झाँक्री
३३.गौराप्रसाद कोइराला
३४.खगेन्द्र चुडाल
३५. रामकुमार ज्ञवाली
३६.सरलाकुमारी यादव
३७.सुधीरप्रसाद साह
३८.कल्याणीकुमारी खड्का
३९.शत्रुघन महतो
४०.रामचन्द्र साह
४१.दिनेशकुमार राई
४२.हंशबहादुर शाही
४३.शेरबहादुर केसी
४४.नीरादेवी जैरु
४५.प्रेमबहादुर आले
४६. भागवत नेपाली
४७.चूडामणि विक जंगली
४८.घनेन्द्र बस्नेत
४९.राजेन्द्रकुमार राई
५०.बलदेव चौधरी
५१.डा. देउमान सम्बाहाम्फे
५२.कृष्णप्रसाद खनाल
५३.महम्मद महफुज अन्सारी
५४. हरिप्रसाद पराजुली
५५. केदार न्यौपाने

सनाखत गर्ने सांसदहरू 

१. माधवकुमार नेपाल
२.मुकुन्द न्यौपाने
३.कल्याणीकुमारी खड्का
४.विरोध खतिवडा
५.जीवनराम श्रेष्ठ
६.रामकुमारी झाँक्री
७.नीरादेवी जैरु
८.प्रेमबहादुर आले
९. मेटमणि चौधरी
१०.सरलादेवी यादव
११.भवानी खापुङ
१२.पुष्पाकुमारी कर्ण कायस्थ
१३.समिना हुसेन
१४.कृष्णलाल महर्जन
१५.कृष्णकुमार श्रेष्ठ(किसान)
१६.कलिला खातुन
१७.हिराचन्द्र केसी
१८. धनबहादुर बुढा
१९.गोपालबहादुर बम
२०.पार्वतीकुमारी विशुंके
२१.लक्ष्मी चौधरी
२२. बिना बुढाथोकी

राष्ट्रियसभा सांसद 

२३..बेदुराम भुसाल
२४.ठगेन्द्रप्रसाद पुरी
२५.उदया शर्मा पौडेल
२६..नन्दा चपाई
२७.सिंहबहादुर विश्वकर्मा
२८.शेरबहादुर कुँवर
२९.शान्ति अधिकारी जिसी
३०. झलनाथ खनाल
(दिल्लीबाट)

प्रतिक्रिया