जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय

जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौं :  तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा सरकारले महाकालीमा बेपत्ता धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

महाकालीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा दार्चुलाका जयसिंह धामी महाकाली मा खसेर बेपत्ता भएका थिए । भारतको बाटो भएर सदरमुकाम खलंगा आउँने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा खसेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया