नेकपा (एस) र लोसपा रोज्न प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ सम्मको म्याद

नेकपा (एस) र लोसपा रोज्न प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ सम्मको म्याद

काठमाडौँ : निर्वाचन आयोगले एमाले र जनता समाजवादी पार्टीका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ गठन भएका पार्टी छनोटका लागि भदौ २२ गतेसम्मको समय दिएको छ । निर्वाचन आयोगको आइतबारको बैठकले एमाले र जसपाबाट छुट्टिएर गठन भएका नेकपा (एस) र लोसपा मा जान चाहनेका लागि समय निर्धारण गरेको हो । एक आयुक्तका अनुसार नयाँ दल भदौ २ गते गठन भएकाले नयाँ दल रोज्ने समय भदौ २२ गते तय गरिएको हो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा नयाँ दल गठन भएको २१ दिनभित्र पुरानो दलबाट नयाँ दलमा प्रवेश गर्नका लागि २१ दिनको समय दिने व्यवस्था गरिएको र सोही बमोजिम आयोगले निर्णय लिएको ती आयुक्तको भनाइ छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एस) र जसपाबाट छुट्टिएर महन्थ ठाकुरको अध्यक्षतामा गठन भएको लोसपामा जान चाहने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको हो । प्रदेशसभाका सदस्यहरूले प्रदेश निर्वाचन आयोगको कार्यालय र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन आयोगको कार्यालयमा गएर नयाँ दलमा आफ्नो सनाखत गर्न पाउनेछन् ।

निर्वाचन आयोगको निर्णयः

प्रतिक्रिया