एमसीसी पास गर्ने-नगर्ने जिम्मा सरकारको हाे : ओली

एमसीसी पास गर्ने-नगर्ने जिम्मा सरकारको हाे : ओली

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीबारे सरकारको स्पष्ट धारणा आउनुपर्ने बताएका छन् । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा ओलीले बिहीबार यस्तो बताएका हुन् । ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार पहिले स्पष्ट हुनुपर्ने बताएका थिए।

‘विगतमा हामी सरकारमा छँदा एमसीसी अनुमोदन गर्न  इमान्दार प्रयास गरेकै हौँ । तत्कालीन सभामुखले संसदमा पेस नगरिदिँदा अघि बढ्न सकेन । अहिले हामी प्रतिपक्षमा छौँ । यसमा प्रतिपक्षीको प्रत्यक्ष भूमिका हुँदैन । सरकारले के कसरी अगाडि बढाउँछ त्यसमा भर पर्छ । अहिलेसम्म हामीसँग सल्लाह समेत गरेको छैन,’ एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले ओलीको भनाइ उद्धृत गर्दै अन्नपूर्णसँग भने। भट्टराईका अनुसार सरकारले यसबारे आफूहरुसँग परामर्श गर्नुपर्ने पनि ओलीको धारणा थियो ।

प्रतिक्रिया