परामर्शले रोक्न सकिन्छ आत्महत्या

परामर्शले रोक्न सकिन्छ आत्महत्या

काठमाडौं : मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण आत्महत्याको प्रयास बढी भएको देखिन्छ। यसलाई रोक्न बेलैमा परामर्श लिन जरुरी छ। महिलाले आत्महत्याको प्रयास बढी गरेको देखिन्छ। तर, तुलनात्मक रूपमा आत्महत्याबाट ज्यान गुमाउनेमा पुरुषको संख्या अधिक छ। यसलाई रोकथामका लागि मानसिक रोग विशेषज्ञहरू भन्छन, ‘बेलैमा घरका सदस्य वा साथीलाई सचेतता अपनाउने हो भने आत्महत्याको प्रयास रोक्न सकिन्छ।’

‘मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण नै आत्महत्याको प्रयास हुने गर्छ,’ वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्याय भन्छन्, ‘पश्चिमी जीवनशैली जीउन खोज्ने प्रवृत्ति छ। अपेक्षाअनुसारको जीवनशैली अपनाउन नसक्दा तनाव, चिन्ता बढ्छ।’ अभिभावकहरूले सन्तानको  इच्छा, चाहना बुफ्न नसक्नु, कठोर व्यवहार देखाउने, पे्रेम सम्बन्धमा धोका, एक्लोपनाका कारण  पनि व्यक्ति आत्महत्या गर्न सक्ने डा. उपाध्याको भनाइ छ। ‘परिवारभित्रको समस्या र अल्कोहल एवं दुव्र्यसनका कारण पनि मानसिक तनावमा आएर आत्महत्याको प्रयास गरेको पाइएको छ,’ उनले भने।मुलुकमा हरेक वर्ष आत्महत्याको प्रयासका घटना बढिरहेको पाइएको छ।

नेपाल प्रहरीबाट प्राप्त तथ्यांकअनुसार,  आर्थिक वर्ष २०७७/७८ मा ७११७ जनाले आत्महत्याको प्रयास गरेका थिए। त्यस्तै २०७६ /७७ मा ६२४९ जनाले आत्हत्या गर्ने कोसिस गरेका थिए। आत्महत्याको प्रयास गर्नेको संख्यामा नेपाल दक्षिण  एसियामै अगाडि रहेको विज्ञहरू बताउँछन्। मानसिक अस्पताल पाटनका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट डा. वासुदेव कार्कीका अनुसार, तनाव चिन्ता लिएको व्यक्तिलाई समयमै परिवार, साथीहरू एवं छिमेकीले पनि चासो दिने हो भने आत्महत्याको प्रयासलाई रोक्न सकिन्छ। आत्महत्याको निर्णय लिनुपूर्व व्यक्तिले कैयन संकेतहरू छोड्ने गर्छन्।

‘कुनै व्यक्तिले अकस्मात निर्णय गरी आत्महत्या गर्न सक्छ,’ डा. कार्कीले भने, ‘लामो समयदेखि झोक्य्राइरहेको, चिन्तित व्यक्तिलाई घरपरिवारका सदस्य, साथी वा छिमेकीले परामर्श गर्ने हो भने आत्महत्या रोकथाम गर्न सकिन्छ।’ उनका अनुसार घरपरिवार, समाज, विद्यालय/कलेज वा समुदायमा पनि सामाजिक परामर्श दिन दिन सकिन्छ।’ संसारभर नै महामारीका बेला आत्महत्याको दर बढ्ने गरेको पाइएको छ। कोरोना संक्रमण सुरु भएयता पनि आत्महत्या गर्नेहरू वृद्धि भएको पाइएको छ।

 

प्रतिक्रिया