राष्ट्रिय भूमि आयोग गठन

राष्ट्रिय भूमि आयोग गठन

काठमाडौं : सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठनको निर्णय गरेको हो ।  दुई सदस्यीय आयोग गठन गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार अध्यक्ष केशव निरौला र उपाध्यक्ष नहेन्द्र खड्का रहेको आयोग गठन भएको हो । ‘मन्त्रालयको प्रस्तावमा मंगलबारको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको हो,’ उनले भने, ‘आयोगका अन्य सदस्य भने नियुक्त गरिएको छैन ।’

तत्कालीन केपी ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख को उपदफा (६) को व्यवस्थाबमोजिम तीन वर्षको समय सीमा दिएर आयोग गठन गरेको थियो ।

आयोगलाई भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी दिइएको थियो । सरकार परिवर्तनसँगै गत १९ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले देवी ज्ञवालीको अध्यक्षतामा बनेको आयोग खारेजीको निर्णय गरेको थियो । निर्णयविरुद्धको रिटमा सर्वोच्चले आयोगको अभिलेख र भौतिक सामग्रीलाई यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया