नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

काठमाडौँ : नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । बिहीबार थप ११ जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १०२ नाघेको छ ।पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ६५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर परीक्षणमा बिहीबार थप ११ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ८१ हजार ९८९ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ९७१ परीक्षणबाट ३४६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १७९ परीक्षणमा १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ४५ हजार २१५ रहेको छ । हालसम्म देशभर ४० लाख ६८ हजार ५९१ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २२० जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २५ हजार ७७२ रहेको छ ।

प्रतिक्रिया