आज ४२ औँ सामाजिक सेवा दिवस

आज ४२ औँ सामाजिक सेवा दिवस

दैलेख : आज नेपालमा ४२ औं सामाजिक सेवा दिवस मनाईँदैछ । समाज कल्याण परिषद्ले ४२ औँ सामाजिक सेवा दिवस मनाउन आह्वान समेत गरेको छ । दिवसका अबसरमा अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सेवा दिवसको मर्म सामाजिक रूपान्तरण, समाजको विकास र समाजमा रहेका सामाजिक कुरीति र विकृतिलाई निर्मूल गर्नुमा निहित रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले दिगो विकास लक्ष्यमा साझेदारीको सवाललाई प्राथमिकताका साथ अगाडि सारिएको अवस्थामा यस वर्षको सामाजिक सेवा दिवस राष्ट्र निर्माणमा विकासका लागि साझेदारी गर्न सफल हुने उनले विश्वास व्यक्त गरेका छन् । उनले गरिबी निवारण, सामाजिक न्याय, समानता, समता, मानव अधिकारजस्ता आवधारणालाई आत्ससात् गर्दै देशको सामाजिक विकास र रूपान्तरणमा प्रत्यक्ष वा परोक्षरूपमा सहभागी हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रयासको प्रशंसासमेत गरेका छन् ।

४२ औँ सामाजिक सेवा दिवसको अवसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले समेत शुभकामना सन्देश सार्वजनिक गरेको छ । सोसेकले दिवसका अबसरमा महिला, बालबालिका, लोपोन्मुख राउटे जाती तथा पछाडी पारिएका समुदायका अधिकारका लागि काम गर्दै आउनुभएका तथा सामाजिक सेवामा लाग्नुभएका सम्पूर्ण व्यक्ति तथा संघसंस्था एवं स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई शुभकामना व्यक्त गरेको छ ।

 

प्रतिक्रिया