लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्ध : देउवा

          |   प्रकाशित मितिः बिहिबार, अशोज ७, २०७८     ::: 158 पटक पढिएको   |  

पर्वत : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस सधैं प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्माबजारस्थित बीपी स्मृति भवनको बिहीबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताए ।

सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको भन्दै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमा सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गरे । ‘हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो । कम्युनिष्ट फुटेका कारण ठूलो पार्टी हुने होइन,’ उनले भने ।

नेता पौडेलले कांग्रेसमा आन्तरिक लोकतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिए । कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्ने पनि उनले बताए । २०६६ कात्तिक ११ गते शिलान्यास गरिएको बीपी स्मृति भवन झण्डै १२ वर्षमा सम्पन्न भएको छ । कुल एक करोड ४७ लाख रुपैयाँको लागतमा सो भवन निर्माण भएको समितिका संयोजक जोशीले जानकारी दिए ।



Leave a comment

Your email address will not be published.


*