एमालेमा विचारै छैन: प्रचण्ड

एमालेमा विचारै छैन: प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा विचार नभएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित  वुद्धिजिवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘एमालेमा विचार छैन । सबै पद प्रतिष्ठामा लागेका छन् ।’

प्रचण्डले भने, ‘अहिले पार्टीमा गत्यारोध सिर्जना भएको छ ।  ‘क्लियारिटि’ छैन । समाजवादी क्रान्ति त भनिएको छ । २१ औं शताब्दीमा समाजवादी क्रान्ति नेपालमा कसरी गर्ने भन्ने स्पष्ट छैन । समाजवादी क्रान्तिका निम्ति कार्यनीति, तत्कालिन रणनीति, कार्यशैली कस्तो हुने भन्ने स्पष्ट छैन ।’ उनले हामीहरु सबै पद, प्रतिष्ठा,पैंसाको निम्ति गर्ने हो भने जनताले हामीलाई किन विश्वास गर्ने ? भन्दै प्रश्न गरे। आउँदो चुनावमा आफ्नो पार्टी एक नम्बरको हुने उनले दावी गरे। उनले भने, एजेण्डाको हिसाबले हामी आगामि चुनावमा एक नम्बरको पार्टी हुनुपर्छ । हामी मार्क्सवादको पक्षमा स्वाधिनताको पक्षमा उभिनुपर्छ। आत्मसमर्पण र संशोधनवादको पक्षमा होइन ।’

उनले एमालेको विधान महाधिवेशनलाई लक्षित गर्दै माओवादी र माओवादी आन्दोलनलाई सिध्याउने प्रपञ्च रचेको जिकिर गरे। प्रचण्डले भने, ‘एमालेको कुम्भ मेलाको निष्कर्ष भनेको माओवादी र माओवादी आन्दोलनलाई सिध्याउने हो। प्रश्न माओवादी बचाउने कि नबचाउने भन्ने होइन । प्रश्न क्रान्तिको पक्षमा उभिने कि नउभिने हो। माओवादी जागरुप भएर अघि बढ्ने हो भने देश बच्छ। ’

प्रतिक्रिया