सम्पादकीय : दसैंको शुभकामना !

सम्पादकीय : दसैंको शुभकामना !

नेपालीहरुको महान चार्ड बडादसैैं घर आँगनमा आईसकेको छ । घर–घरमा विजयादशीको खुसियाली छाएको छ । मन–मनमा उल्लास छ । गच्छेअनुसारको तयारीमा सबैजसो जुटेका छन् । गत बर्षको तुलनामा यस बर्ष दसैंको रौनक बढि छ । गाउँघर देखि सहरबजारसम्म भीडभाड बढेको छ । अघिल्लो बर्षहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिममा कारण दसैं जस्तो महान चार्डमा पनि उल्लास बनेन् । यस बर्ष भने कोरोना भाइरस केहि मथ्थर भएको छ । यद्धपी हेलचक्राई भने गर्नुहुदैन् । स्वास्थ्य सावधानी अपनाउन सक्यौं र संक्रमणबाट जोगियौं भने हाम्रा आगामी दिनहरू पक्कै पनि अझ उत्सवमय बन्न सक्नेछन् । त्यसैले, यो दसैंलाई हामी सबैले बडो सावधानीका साथ मनाउनुपर्नेछ ।

निश्चय नै हाम्रा चाडपर्व, रीतिरिवाज र संस्कृति हामीहरुका अमूल्य निधि हुन् । राष्ट्रका सम्पत्ति हुन् । वर्षदिनभरि दुःखजिलो गरेर दुई छाक आनन्दपूर्वक खान, मान्यजनबाट आशिर्वाद लिने नेपालीहरुको परम्परा हो । यो परम्परालाई युगौँदेखि जीवन्त राखिंदै पनि आएको हो । यसलाई संरक्षण गर्नु हामी सबैको दायित्व हो ।
असत्यमाथि सत्यको विजय भएको दिनका रुपमा दसैंलाई लिने गरिन्छ । हाम्रो समाजमा अभैm पनि अन्याय र अत्याचार मात्र होइन, रुढीबादी परम्परा, कुप्रथाहरु व्याप्त छ । समाजमा जरो गाडेर बसेको छाउपडी जस्ता प्रर्थाहरु अन्त्य होस् । कानूनले बन्देज गरेको बाल विवाह, लैंगिक हिंसा, बाल हिंसा, बालश्रम लगाएतका विषयहरु अन्त्य होस् । त्यसका लागि नवदुर्गा भवानीले सम्पूर्णमा सद्बुद्धि दिउन् ।

नेपालीहरूको महान् चार्ड विजया दशमी अर्थात बडादसैैं २०७८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरु, हाम्रा पाठक वर्ग शुभेच्छुक लगाएत सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाज निर्माणको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

अन्त्यमा एकसरो नयाँ लुगाको काँचुली फेर्न कुनै साहूसँग ऋण काड्नु नपरोस् । सबैले उमंगले दसैं मनाउन पाऊँ । त्यो दिन चाँडै आउन सकोस् । बडादसैंको हार्दिक मंगलमय शुभकामना ।

–सम्पादक
ज्वाला सन्देश अनलाइन

प्रतिक्रिया