क्रिकेटको मुख्य प्रशिक्षकको दरखास्त आह्वान

क्रिकेटको मुख्य प्रशिक्षकको दरखास्त आह्वान

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ। क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदका लागि इछ्याएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने क्यानले जनाएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक डेव वाटमोरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ ।

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृंखलापछि वाटमोरले नेपाली टोली छाडेका थिए । ६७ वर्षीय वाटमोर खुला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले व्यक्तिगत कारण देखाउँदै आठ महिना नबित्दै राजीनामा दिएका थिए ।

कस्ता प्रशिक्षकले दर्खास्त दिन सक्छन् ?

-इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ का प्रशिक्षक रहेकाले ।

-आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्रमा पाँच वर्ष प्रशिक्षकको भूमिका निभाएकाले ।

-क्रिकेटको जानकार तथा क्रिकेट कल्चर बुझेका ।

प्रतिक्रिया