काँग्रेस दैलेखको जिल्ला अधिवेशन : सकियो मतदान, मत गणना सुरु गर्ने तयारी

काँग्रेस दैलेखको जिल्ला अधिवेशन : सकियो मतदान, मत गणना सुरु गर्ने तयारी

नेपाली काँग्रेस दैलेखको सभापतिका उम्मेदवारद्धय मणिराम रेग्मी (दाँया) घनश्याम भण्डारी (बाँया) ।

दैलेख : नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तरगत दैलेखमा मतदान प्रक्रिया सम्पन्न भएको छ । आज सम्पन्न निर्वाचनमा एक हजार पाँच सय ५९ मत खसेको जिल्ला निर्वाचन अधिकृत बिवस बस्नेतले जानकारी दिए । निर्वाचन (मतदान) सम्पन्न भई मतगणनासम्मका लागि मतपेटी सुरक्षित गरि सकिएको अधिकृत बस्नेतले बताए ।

उनका अनुसार आज साँझ ७ बजेदेखि मतगणना प्रक्रिया अगाडी बढाइने छ । ‘मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ’ अधिकृत बस्नेतले भने, ‘दुईवटै प्यानलका उम्मेदवारहरुबीच छलफल गरी मतगणना कार्य सुरु गर्नेछौं ।’

निर्वाचनमार्फत जिल्ला सभापति, दुई उपसभापति, दुई जना सचिव, दुई जना सह–सचिव सहित कार्य समिति सदस्यहरु चयनका हुनेछन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त भएको जिल्ला अधिवेशनमा जिल्ला कार्य समिति चयनका लागि संस्थापन समुह (काँग्रेस सभापति शेरबहादुर देउवा पक्ष) र संस्थापन इतर (काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) चुनावी मैदानमा उत्रिएको थियो ।

काँग्रेस दैलेखको सभापतिमा देउवा पक्षका युवा नेता घनश्याम भण्डारी र रामचन्द्र पौडेल पक्षका मणिराम रेग्मी चुनावी प्रतिश्पर्धामा उत्रिएको थियो । सभापतिका दुवै जना उम्मेदवारको आ–आफ्नो प्यानल चुनावी मैदानमा थिए ।

प्रतिक्रिया