एमाले अध्यक्षमा ओलीको उम्मेदवारी, रावलसँग प्रतिस्पर्धा हुने
काठमाडौँ : केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान उनले दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् ।
यसअघि ओलीले आइतबार राति बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गरेका थिए । ओलीले विष्णु पौडेललाई उपाध्यक्ष र शंकर पोखरेललाई महासचिवमा प्रस्ताव गरेका छन् ।
अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको हो । नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएइसकेका छन् ।
प्रतिक्रिया