नायिका रेखा थापालाई पराजित गर्दै कुन्ती शाही बनिन राप्रपाको महामन्त्री

          |   प्रकाशित मितिः आइतवार, मंसिर १९, २०७८     ::: 199 पटक पढिएको   |  

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापालाई पराजित गर्दै कमल थापा पक्षकी कुन्ती शाही महामन्त्रीमा विजयी भएकी हुन् ।

आइतबार सार्वजनिक मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देन​को समूहबाट लडेकी थिइन् ।

अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् । तीन उपाध्यक्षमा विक्रम पाण्डे २५ सय २१ मत, ध्रुव बहादुर प्रधान १८ सय १४ मत र बुद्दिमान तामाङ १९ सय ४४ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्ष महिलातर्फ रोशन कार्कीले १५ सय ८९ मत ल्याएर विजयी भएकी हुन् । दुई पुरुष महामन्त्रीमा डा. धवल समशेर २२२१ मत र भुवन पाठकले १७०५ मत ल्याएर विजयी भएका छन्।



Leave a comment

Your email address will not be published.


*