कांग्रेस सभापतिको मतगणना अन्तिम चरणमा, कति छ मतान्तर ?

कांग्रेस सभापतिको मतगणना अन्तिम चरणमा, कति छ मतान्तर ?

काठमाडौं : नेपाली कांग्रेसको सभापतिको  मतगणना अन्तिम चरणमा छ। राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिएका छन्।  ४ हजार मतगणना गर्दा देउवाले १९०० मत ल्याउँदा डा. शेखर कोइरालाले १४६७ मत ल्याएका छन्। त्यस्तै प्रकाशमान सिंह २९६, विमलेन्द्र निधिले २३०, कल्याण गुरुङले २० मत ल्याएका छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी रहेको छ।

मतगणना जारी रहँदा मतदाता र कार्यकर्ता नतिजाको पर्खाइमा राष्ट्रिय सभा गृह अगाडि भेला भएका छन्। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ४ हजार ६७९ मत खसेको छ। नेपाली कांग्रेसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ।

प्रतिक्रिया