प्राप्त जनमतबाट सुदृढ र संगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही

प्राप्त जनमतबाट सुदृढ र संगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही

काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र संगठित कांग्रेस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन् ।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा पराजित भएपछि आज एक सन्देश जारी गर्दै उनले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार सम्पन्न सहमहामन्त्री पदको मतगणनामा मुख्यमन्त्री शाही बद्री पाण्डेसँग २७८ मतले पराजित भएका थिए ।

सन्देशमा उनले निर्वाचन परिणामलाई स्वागत गर्दै विजयी उम्मेदवार पाण्डेलाई बधाई तथा शुभकामना दिएका छन् । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका क्रममा भएको जीत–हारलाई सामान्यरुपमा लिनुपर्ने उनको भनाइ छ ।

कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री शाहीले राष्ट्रिय चुनावमा पिछडिएका क्षेत्रका पार्टी कार्यकर्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने ध्येयमा आफू रहेको उल्लेख गरेका छन् । ‘म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबुटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन,’ उनले सन्देशमा भनेका छन् ।

मुख्यमन्त्री शाहीद्धारा जारी सन्देश :,

हार्दिक धन्यबाद र बधाई  !
मुलुककै पुरानो लोकतान्त्रीक र गौरबसाली हाम्रो पार्टी नेपाली काग्रेसले लोकतान्त्रिक विधी एव पद्दति अवलम्वन गर्दै आगामी कार्यकालका लागि नया नेतृत्व छनोट गर्ने कार्य सम्पन्न गरेकोछ। हाम्रो गौरवसाली पार्टीमा लोकतान्त्रीक प्रतिष्प्रधाबाट नेतृत्व छनोट गर्ने मित्रवत प्रक्रियाके अलम्वन भएकोछ।लोकतन्त्रको सुगन्ध तथा सौन्धर्य भनेकै आवाधिक निर्वाचन हो।निर्वाचन प्रणालीमा हार र जित खेलको स्वभाविक र प्राकृतिक नियम हो अर्थात खेलमा भाग लिए पश्चात हार र जित निश्चित हुन्छ।
लोकतन्त्रको बफदार सिपाईको नाताले मैले पनि पार्टि भित्रको आन्तरिक प्रतिष्प्रधा वा मित्रवत खेलमा यि सबै कुराको हेक्का राखि पिछडिएको क्षेत्र सहमहामन्त्री पदको लडाईमा भाग लिएको थिए।म पार्टिको आन्तरिक प्रतिष्प्रधाको खेलमा प्राप्त अकको परिणाममा यो पटक छनोटमा पर्न सकिन, तर पनि मत जित्न नसके पनि मन जित्न सफल भएकोछु।यो परिणाम अपेक्षित र स्वभाविक थियो या थिएन,अपेक्षाकृत र अनुकुल थियो वा थिएन,आम कार्यकर्ताको छलफल र बहस हुन सक्ला,तर प्राप्त मेरो सम्पतिलाई मैले सहर्ष स्वीकार र सम्मान गर्दछु।निर्वाचित मित्रलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।साथै, मलाई विश्वास गरी अमूल्य मतदान गर्ने साथीहरूलाई हृदय देखि धन्यवाद व्यक्त गर्दछु।
तपाईहरूको म प्रतिको माया,स्नेह, साथ, सहयोग, समर्थन र शुभेच्छाको म सधैव रृणि रही रहनेछु र तपाईहरूको म प्रतिको विश्वासलाई जातोमा पिल्सिन नदिने कसम खादै मेरा जिवनबूटीलाई धोका दिएर बिचैमा छोड्नु मेरो धर्म र नैतिकता होईन।नेपाली काग्रेसको १४ औ महाधिवेसनमा प्राप्त जनमतबाट मलाई सुदृढ र संगठित काग्रेस निर्माणको यात्रामा थप उर्जा र हौसला प्रदान भएकोछ,काग्रेसलाई गतिसिल बनाउन म झन सक्रिय रही रहनेछु।आगामी दिनमा विचलित नभई भुमिकामा देस,पार्टी र जनताको पक्षमा लागी रहने प्रण गर्दछु।
मैले हारे पनि काग्रेसले नै जितेकोछ।बिजय मात्र लोकतन्त्रको परिभाषा होईन अनि पराजय पनि अन्तिम र मृत्यू होईन,बरू सफलताको आधार हो।काम गर्नका लागि पार्टिमा पद भै राख्नु पर्छ भन्ने छैन, लिडरसिप भनेको पोष्ट होईन यो त भिजन हो अनि पर्सन होईन एक्सन हो।
केही दिन भित्र राष्ट्रिय चुनाव आउदैछ,मेरो एक मात्र ध्येय उक्त चुनावमा पिछडिएका दुरदराजका ग्रामिण सिमान्तकृत काग्रेसीहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउनु रहेकोछ।हामीले सुदृढ र संगठित काग्रेस निर्माण गर्नुछ।आन्तरिक खेलमा भन्दा पनि बिपक्षीसंगको प्रतिष्प्रधामा हामी अब्बल सावित हुनुछ।यो आन्तरिक मैत्रीपूर्ण अभ्यास खेलमा हामीले हारेको छौ त जित्ने पनि अरु कोहि छैनन,हीमि नै छौ तर बिपक्षीसंगको प्रतिष्प्रधामा हार्दा हामी हार्छौ र जित्दा ऊनिहरूले जित्नेछन।अत,आगामि दिनहरूमा पार्टि भित्रको आन्तरिक खेल सम्पन्न भै सकेकोछ,संगठन निर्माणमा अहिल्यै आजबाट जुट्न सम्पूर्णमा हार्दिक अपिल गर्दछु।
अन्तमा, पुन १४ औ महाधिवेसनमा सक्रियतापूर्वक सहभागी हुनु हुने महाधिवेसन प्रतिनिधीहरू, मलाई विश्वास गरेर सह- महामन्त्री पदमा अमुल्य मतदान गर्ने मतदाता, साथ र सहयोग गर्ने शुभेच्छुक, मित्र,आफन्तहरू प्रति सहहृदय देखि धन्यबाद व्यक्त गर्दछु।

प्रतिक्रिया