कांग्रेस महाधिवेशन : ३५९५ मत गन्दा यी हुन् सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार
![कांग्रेस महाधिवेशन : ३५९५ मत गन्दा यी हुन् सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार](https://snowberry.prixacdn.net/media/gallery_folder/congres-voting-_4Y8ttne7yX_bzrynv43qtvjm4fb0ukxlajehl1o7zxtnrdcy0wwohe581myvhajqezbpldb.jpg)
काठमाडौं : सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा मतगणना जारी छ । खुलातर्फको केन्द्रीय सदस्य पदको ३५९५ मतको गणना सकिएको छ ।
पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार साँझ ५ बजेसम्म ३५ सय ९५ मत गणना हुँदा डा. शशांक कोइराला २९४० मतसहित पहिलो स्थानमा छन् । उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा छन् । ३५ औं नम्बरमा मोहन आचार्य छन् । गणेश लामा पनि ३५ जनाभित्र परेका छन् ।
प्रतिक्रिया