कांग्रेस महाधिवेशन : ३५९५ मत गन्दा यी हुन् सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार

कांग्रेस महाधिवेशन : ३५९५ मत गन्दा यी हुन् सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार

काठमाडौं :  सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको खुलातर्फको ३५ पदका लागि ९९ जनाबीच भएको प्रतिस्पर्धामा मतगणना जारी छ । खुलातर्फको केन्द्रीय सदस्य पदको ३५९५ मतको गणना सकिएको छ ।

पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार साँझ ५ बजेसम्म ३५ सय ९५ मत गणना हुँदा डा. शशांक कोइराला २९४० मतसहित  पहिलो स्थानमा छन् । उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा छन् । ३५ औं नम्बरमा मोहन आचार्य छन् । गणेश लामा पनि ३५ जनाभित्र परेका छन् ।

प्रतिक्रिया