पौडेल र गच्छदारसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

पौडेल र गच्छदारसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। देउवाले पार्टीका नेता रामचन्द्र पौडेल, विजय गच्छदारसहित १० जनालाई मनोनीत गरका हुन्।

मनोनीत हुनेमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मा रहेका छन्। कांग्रेसको १४औं महाधिवेशनमा पौडेलले सभापति बन्न नपाएपछि निर्वाचन पक्रियामा भाग नै लिएका थिएनन्।

यता निधि र सिंह सभापतिमा पराजित हुँदा उपभासतपमा गच्छदार, कोइराला पराजित भएका थिए। कांग्रेसमा विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ।

May be an illustration of text that says 'नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुर, नेपाल नेपाल पुस १७, २०७६ प्रेस विज्ञप्ति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (1੦) बमोजिम श्री रामचन्द्र पौडेल, श्री प्रकाशमान सिंह, श्री विमलेन्द्र निधि, श्री विजयकुमार गच्छदार, श्री कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड़का, श्री उमा रेग्मी, श्री सुजाता कोइरालार श्री मीनबहादूर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ প6니니জๆ कृष्णप्रसाद पौडेल मुख्य सचिव टेलिफोन: (९७७-१) ५੧5३२६३ ५੧5३२६४ ५੧5३२६५, फृयाक्स (९७७-१) ५१5३२६६ E-mail:info@nepalicongress.org, Internet Access: www.nepalicongress.org'

प्रतिक्रिया