प्रचण्डलाई कोरोना संक्रमण

प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमण भएको छ। शुक्रबार बेलुका पीसीआर विधिबाट परीक्षण गर्दा प्रचण्डलाई कोरोना पुष्टि भएको प्रचण्डकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्। केहि दिनदेखि प्रचण्डको स्वास्थ्यमा असहजता देखिएको थियो। उनी हाल खुमलटारस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।

‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं।’भनिन्, ‘डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।’

यसैगरी नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस अगाडि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पौष २५ गते बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको थियो।

https://www.facebook.com/seema.dahal/posts/10215959288255165

प्रतिक्रिया