माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

कक्षा १ देखि १२ सम्म र सीटीईभीटीअन्तर्गतका कक्षा पुस २७ देखि माघ १५ सम्म बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।

काठमाडौँ : शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

कक्षा १ देखि १२ सम्म र सीटीईभीटीअन्तर्गतका कक्षा पुस २७ देखि माघ १५ सम्म बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो । भौतिक उपस्थितिमा सञ्चालन हुने कक्षा बन्द गरिएपछि वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन मन्त्रालयले अनुरोध गरेको छ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन पनस शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया