गणेशमानसिंह स्मृति प्रतिष्ठानद्धारा केन्द्रीय सदस्य रानालाई बधाई ज्ञापन

गणेशमानसिंह स्मृति प्रतिष्ठानद्धारा केन्द्रीय सदस्य रानालाई बधाई ज्ञापन

दैलेख : गणेशमानसिंह स्मृति प्रतिष्ठान भैरबी गाउँपालिका वडा नंं ५ ले बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीताकुमारी राना लगाएतलाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।

नेपाली काँग्रेसको हालै सम्पन्न १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित रानालाई प्रतिष्ठानले बधाई तथा सम्मान प्रदान गरेको हो ।

राना दैलेखको इतिहासमा नेपालीको काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुने पहिलो नेता हुन् । प्रतिष्ठानले केन्द्रीय सदस्य रानासहित नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित वडा, गाउँ नगर सभापतिलाई समेत बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।

प्रतिक्रिया