१४ औँ महाधिवेशनपछि काँग्रेसको यात्रा चुनावतिर

        महेन्द्रकुमार कार्की   |   प्रकाशित मितिः बुधबार, पुस २८, २०७८     ::: 398 पटक पढिएको   |  

-महेन्द्रकुमार कार्की

प्रजातान्त्रिक पार्टीको दूवाई दिएर नथाक्ने काँग्रेसले गुटगत तरिकाले चुनाव गर्यो । अर्थात विपिको विचारलाई नै अनुमोदन गर्यो । यसो भन्नाले विपिले गुटबन्दी गर्नुहुन्थ्यो भन्ने चाँही होइन् । विपिको विचारलाई अनुमोदन गर्यो । नयाँ विचार आउँन सकेन भन्न खोजेको हो । गणेशमानको आँट र त्याग कृष्णप्रसादको सहनशीलता, गिरिजाको हट र शुशिलको भद्रता, शेरबहादुरको जिद्धिपन र शेखरको रुपान्तरण, रामचन्द्रको तठस्तता, सिटौलाको सत्ता मोह, प्रकाशमानको निरही तर सत्ता मोह, बिमलेन्द्रको आत्मसमर्पण, सुजाता र शशांकको अपनत्व, अहिलेको १४ औँ महाधिवेशनमा देखिएका र भोगेका घटनाक्रमले काँग्रेस पार्टी प्रजातान्त्रिक बिचार नभई व्यक्तिवाद तिर उन्मुख देखिन्छ ।

महाधिवेशनले वडा देखि केन्द्रसम्म केहि हदसम्म पुस्तान्तरण त भयो । यो खाली युवा मात्रले के पार्टी बलियो होला । आउँदा दिनमा कम्युनिष्ट पार्टीसंग बैचारिक बहस गर्न सक्लान ? कांग्रेसको समाजवादी चिन्तनलाई जनता का घर–घरमा लेलान ? एजेन्डामा बहस गर्लान त् ? हुनत पार्टीको प्रशिक्षण विभाग छ । यसले निर्वाचित प्रतिनिधिहरुलाई प्रशिक्षण देला । विगत हेर्दा काँग्रेस पार्टीले पहिले कहिले पनि प्रशिक्षण दिएको छ त् । सायद् अलि कम होला । थुपै नेता तथा कार्यकर्तालाई प्रशिक्षण विभागको पत्र बाडेको थियो । ति पत्र बाहकहरु कता गए होला । यसो भन्दै गर्दा सबै चिज ठिक छैन भने होईन ।

निर्वाचित पार्टी सभाति शेरबहादुर देउवाले पार्टीको उद्घाटन समारोहमै भने ‘मलाई जिताउनुहोस, म तिन वटै चुनाव जिताउँछु ।’ उनले भने जस्तै भयो । उनले मात्र हैन उनको समुहले बहुमत नै ल्यायो । केन्द्र मात्र हैन मिलाएर जिल्ला सहित प्रदेश एंव स्थानीय तह अनि उनले आफ्नो बाचा पुरा गर्न बाँकी छ । नेता कार्यकर्तामा एउटा आक्रोस छ । एउटा जलन छ । एउटा उल्लास छ । एउटा बेकार पनि छ । जसले न त् प्रतिकार गर्न सक्छ न त् प्रमाण दिन सक्छ । गाउमा आलु चोरेर खाने भन्दा शहरमा मासु चोरर खाने हरु नै विज्ञ मानिन्छन् ।

स्थानीय तहको चुनाव जित्न काँग्रेलाई सहज छैन । एकै वडामा ५ देखि १० जनासम्म काँग्रेसले आफ्नै आन्तरिक चुनावमा चुनावी खेलमा होमिएको थियो । गुटबन्दी र ब्यक्तिवादलाई प्रसय दिएर मात्र यो कदम चालिएको थियो । फगत बेकारको काम त् भएन तर चुनावी परिमाण न हो सबैले चित बुझाएकै होलान । पार्टीले विधान संशोधन त् गर्यो पछि फेरी केन्द्रिय नेतृत्वले उस्तै गर्यो ।

स्थानीय स्तरमा काँग्रेसका कार्यकर्ता र आम पार्टीको निर्वाचन प्रणाली नै समानुपातिक त् भयो । सविधान अनुसार नै देशका राजनीतिक संरचनामा चुनाव भयो । नेताले आफ्नै कार्यकर्तालाई आफ्नै नेताका बारेमा ठुलो संख्यामा विरोधीको रंग दिए । पानी बाराबार जस्तो अवस्था बनाए । नगरसभापतिमा मेरो मान्छे हुनै पर्छ जस्ता हठहरु प्रर्दशन भए । अहिले मानिसहरु अट्कल काट्दै छन, कसरी कुन मुखले हामीलाई भोट माग्लान हेरौला नि भन्दैछन । दुवै गुटका मानिसहरुको अबस्था हो । एक थरि भन्छन आफ्नै आन्तरिक पार्टीको चुनाव हो स्थानिय चुनावमा पार्टी मिलेर जानु पर्छ भन्छन । हो पार्टी एक हो तर योग्य मानिसहरु किन पार्टीको चुनावबाट धपाईयो । समय क्रम जसरी अगाडी बढ्दै छ त्यसरी नै पार्टीमा मन मौजी चल्दै छ । गुटगत भेला बोलाउने सभापतिलाई थ्रेट गर्न काम भइरहेको छ भने सभापतिबाट पनि मनपरी भईरहेको छ ।

केन्द्रिय सदस्यको मनोनयनले अहिले काँग्रेस भित्र एकलौटी भएको संदेश प्रवाह भैरहेको देखिन्छ । यस्ता गतिविधिले पार्टीको गति के होला ? आजभोली बजार र गाउँमा सभापतिको पक्षले एकलौटी काँग्रेसका कार्यक्रम चलाईरहेको छ भनेर गुनासो पोख्नेहरुको संख्या पनि बढ्दै छ । स्थानीय चुनाव, प्रदेश र संघ को चुनावमा सुको खर्च नगर्नले पार्टीको चुनावमा पैसा खर्च गरेको देख्दा अचम्म लाग्छ । त्यो पैसा कहाँ बाट आयो ? त्यसको खोजी पार्टीको आर्थिक विभागले खोज्ने कि नखोज्ने ? ठेकेदार र धनवान र डनवानको पार्टी बनाउने कि जनताको पार्टी बनाउने हो । त्यता पट्टि पार्टीले ध्यान दिने कि नदिने । जनताको हातबाट पार्टी फुत्किदैछ । रुपान्तरण र पुस्तान्तर गर्न जरुरी छ भन्ने शेखर कोईरालाको विचार त्यहि मनसाहेबाट आएको हुनसक्छ । विपीले भनेका थिए ‘जब पार्टीको सुकिला मुकिलाहरुले पार्टी कब्जा गर्न थाले भने त्यसका विरुद्ध आवाज उठाउनु पर्छ ।’ भन्ने कुराको आशय नै केही युवा र नेताहरुको पार्टी भित्रको उम्मेदारी दिएका हुन् । तर पार्टी सता र पैसा कै कारण कब्जा गरियो भन्ने आरोप लागेको छ । यो प्रक्रिया तल देखि माथिसम्मै भयो भन्ने काँग्रेस भित्र र बाहिर सुनिन्छ । सत्य के हो त्यो त् पार्टी भित्रका नेता र कार्यकर्ता हरुलाई नै थाहा होला ।

यी र यस्ता कुराहरुलाई ध्यान नदिने हो भन्ने पार्टीले भाग लिने तिन तहको चुनाव के होला ? नेता र कार्यकर्ता चासो रहेको छ । आज भोली नेताका अभिव्यक्ति सकारात्मक दिशा तिर गहिरहेका छन तर पार्टीमा विपीको मेलमिलापको नीति र उहाँको विचारलाई पूर्ण रुपमा लागु गर्न सकिएन भने पार्टी दुर्घटना तिर जान्छ कि भन्नेहरु को जमात पनि कम छैन । यसर्थमा पनि म भन्दा पनि हामी भनेर पार्टीलाई एकतावद्ध गर्दै जानु पर्छ । समयानुसार पार्टी कार्यकर्ता लाई प्रशिक्षण दिने र लिने काम गर्न गराउनु पर्छ । पुराना कार्यकर्ताहरुलाई रिर्फेस गर्नुपर्छ । नयाँलाई समय सापेक्ष योजना र कार्यक्रम दिनुपर्छ । समय अनुसारका नयाँ पार्टीहरुका विचार आदर्श कस्ता छन् तिनका र हामी बिच के भिन्नता छ त्यसका बारेमा जानकारी दिनुपर्छ । जसले हाम्रा कार्यकर्ताले अरु पार्टीका कार्यकर्तासंग बहस छलफल गर्न सक्छन । मैले यो कुरा किन भने को हुँ भने नेपाली काँग्रेस को १४ औँ माहाधिवेशनमा कार्यकर्ता र नेता संलग्न पत्रकारले चार तारे झण्डाका बारेमा सोधेका बेला अधिकाँश नेता र कार्यकर्ता ले जानेन भन्दा पनि हुन्छ । त्यसकारण हामीले बेलैमा सोचेनौ भने हाम्रो पार्टी र यसको विचार कता जान्छ थाहा छैन । जान्छ त् केबल व्यक्तिवाद र गुटबन्दी तिर जाने छ । जसले गर्दा फुटाउ र राज गर को नीति अरुले अनुशरण गर्नेछन । त्यसकारण आउनुहोस् हातेमालो गरौँ पुराना कुरा विर्सिऔ । फुलको थुंगाहरु जस्तै जोडिएर पार्टीलाई एक सुर एक सुत्रमा गासौ । जसले गर्दा जनतामा सकारात्मक उर्जा बढने छ । देश र जनतालाई लाभ हुनेछ । अन्त्यमा म होईन हामी र हाम्रा होईन राम्रा भन्ने भावनाको विकास गरौँ ।

लेखक सामाजिक लोकतन्त्र अध्ययन केन्द्र कर्णाली प्रदेशका महासचिव हुन् ।

 

 



Leave a comment

Your email address will not be published.


*