सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा शाहीको निधनप्रति दुःख व्यक्त

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस दैलेखका महाधिवेशन प्रतिनिधि एवं कांग्रेस दैलेखका पूर्वउपसभापति कर्णबहादुर शाहीको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले शाहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेकाे बताएका छन् ।

सभापति देउवाले शाहीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति आफ्नो र पार्टीका तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् । विसं २००५ जेठ १५ मा जन्मिएका  शाहीको  नारायण नगरपालिका–१ स्थित आफ्नै निवासमा निधन भएको हो ।

कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका स्व शाही विसं २०४९ र २०५४ को स्थानीय तहको निर्वाचनमा साविक बासी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। शाहीको निधनबाट कांग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएको छ । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया