बिज्ञान, किंवदन्ती र माघे सक्तान्ति

        महेन्द्र राना   |   प्रकाशित मितिः शनिबार, माघ १, २०७८     ::: 411 पटक पढिएको   |  

बिज्ञान, किंवदन्ती र माघे सक्तान्ति

नेपाल अनेंकतामा एकताकाे अद्भत संगम भएकाे मुलुक हाे । जहाँ अनेक धर्म ,भाषा जाती सम्प्रदाय का मानिसहरु एउटै मालामा विभिन्न फुल गाँसिए सरी रहेका छन्। याहांका हरेक जाति धर्र सम्प्रदायका आ-आफ्नो सांस्कृतिक सम्पत्ति छ जाे विभिन्न चाडपर्वहरुका रुप लिएर हाम्रो समाजमा चलन चल्तिमा रहेकाे छ। यस देशमा प्रसस्त जातजाति र उपजातिहरु छन त्यसको अनुपातमा ती चाडपर्व हरु मनाईन्छ।

हाम्रो सामाजिक बिभिन्नतालाई यिनै चाडपर्वले एकाकार गरिएको छ याे शिलशिला वर्ष भरिनै चलिरहेकाे हुन्छ। हाम्रो चाडपर्वहरुकाे उत्पत्ति स्थानिय परम्परा, व्यक्ति विशेष बाट सृजना गरिएको संस्कृति बाट नभई सनातनी वैदिक धर्मग्रन्थ, विभिन्न धर्म शुत्र,पाैराणिक कृत्य र आचार संहितामा उल्लेख गरिएका कृत्य हुन, यिनलाई मनाउने शैली र नियम वैदिक र पाैराणिक काव्यहरुमा उल्लेखित गरिएको देखिन्छ भने सुर्य,चन्द , तिथि र बारकाे संयाेगात्मक र बियाेगात्मक मानका रुपमा हाम्रो चडपर्वहरु रहन पुगेकाे पाईन्छ।

सनातन संस्कारका लगभग सबै चाडपर्वहरु चन्द्रमाकाे मान अनुसार लुनार क्यालेन्डरमा आधारित छ तर माघे संक्रान्ति यस्ताे चाड हाे जसमा चन्द्रमाँकाे मान भन्दा पनि सुर्यकाे अबस्थिति हेरेर तय गरिन्छ । सुर्य २३.५ डिग्री काे काेणमा ढल्केकाे छ, यसरी घुम्दा हरेक दिन झैं केही न केही मात्रामा सुर्यका किरणहरु क्रमशः घट्दै दक्षिण तर्फकाे उच्चतम बिन्दुमा पुग्दछ । एंव रितले पुन: दक्षिणकाे उच्चतम बिन्दुबाट उत्तरतर्फ सुर्यले यात्रा तय गर्दछ र प्रतिदिन किरणहरु हुर्कदै जान्छन यसरी दक्षिण तर्फकाे उच्चतम बिन्दुमा पुगेपछि उत्तर तर्फकाे यात्रा शुरु हुनुलाई उत्तारायण भनिन्छ । उत्तारायण शुरु हुने दिनलाई विन्टर साेलिसिट्स भनिन्छ, सामान्यतया २१ डिसेम्बर लाई विन्टर साेलिसिट्स भनिए पनि वैदिक हिन्दु संस्कारमा भने मकर संक्रान्ति (माघे संक्रान्ति) बाटमात्र उत्तारायण शुरु हुने बताईन्छ ।

पृथ्वीकाे एकसेल प्रिसेसनका कारणले हरेक ७० वर्षमा एक दिन उत्तरायणकाे समय अघि सर्दछ, तसर्थ हिउँदकाे जर्जियन साेलिसिट्स २१ डिसेम्बर भए पनि लुनार क्यालेन्डरमा मकर संक्रान्तिलाई उत्तरायणकाे शुरुआत भनिन्छ । भारतमा भने हरेक वर्षको जनवरी १४ लाई माघे संक्रान्ति मनाउने चलन छ । नेपाली संक्रान्तिका हिसाबले हाम्राे र भारतकाे मकर संक्रान्तिकाे एक दिनकाे थपघट हुने संभावना हुन्छ । तसर्थ मकर सक्रान्तिलाई केबल संस्कार मात्रै नभई गणित अनि ज्यामितिकाे पनि उत्सर्ग मानिन्छ, आव भन्दा हजार बर्ष पहिले माघे संक्रान्ति सदायद डसेम्वर महिनाकाे अन्तमा मनाउने चलन थियाे हाेला भन्ने खगाेलिय अध्ययनहरुले देखाउदछ। अबकाे पचास वर्ष पछि भने माघे संक्रान्ति १५ नत्र १६ जनवरी मा पर्ने वताईन्छ । माघे संक्रान्तिकाे दिनवाट सुर्य मकर राशीमन प्रवेश गर्दछ र यश दिन भने दिन र रात बराबर हुने बताईन्छ । अब मकर संक्रान्ति पछि भने दिन लामाे र रात छाेटाे हुन थाल्दछ ।

मकर संक्रान्तिलाई हिउदकाे बिदाईका रुपमा लिईने चलन छ, अब सुर्यको किरणहरु हुर्कदै जाने अनि दिन लामा हुँदै जाने गर्दछन । एक दिन भगवान शिवले नन्दिलाई पृथ्वी लाेकमा जाउ,हरेक दिन नुहाउअनि महिनाकाे एक पटक मात्रै भाेजन गर भनी आज्ञा दिनुहुन्छ । तर नन्दिले भने उल्टाे बुझ्दछन र दिनमा एक पटक भाेजन गर र महिनामा एकपटक नुहाउ भन्ने बुझ्दछ यश कारण शिव रिसाएर नन्दिलाई पृथ्वी लाेकमा गएर किसानहुलाई कृषि गर्न र हलाे जाेत्न मद्धत गर्न आज्ञा दिन्छन यसरी नन्दिले पृथ्वी लाेकमा गाेरुका रुपमा आगमन गरेकाे पनि यसै दिन हाे भन्ने प्राचीन बिश्वास छ । किंवदन्ती जे सुकै भए पनि आज सम्म हलाे जाेत्ने गाेरुलाई भगवानकाे उपहार अनि वहान स्वरुपमा विभिन्न तिथि अनि चाडमन वैदिक संस्कारमा पुजा अर्चना गरिन्छ ।

मकर संक्रान्तिकै दिन पवित्र गंगा गएर समुन्द्रमा मिलेकाे विश्वास गरिन्छ यसै कारणले पनि गंगा किनारमा यश दिन भक्तालुहरुकाे विशेष भिड रहन्छ । आजकाे दिन नदि नालामा स्नान गर्नाले पाप माेचन हुने र पुण्य मिल्ने विश्वास गरिन्छ । आजबाट सुर्य सुर्य उत्तरायणमन प्रवेश गर्ने वताईन्छ, महाभारतमा भीष्म पनि उत्तरायण लागे पछि मात्रै शरीर त्यागेर ईच्छा मृत्यु लिएको मानिन्छ । उत्तरायणलाई अत्यन्त पवित्र पक्षका रुपमा लिईन्छ, मुख्यतया उत्तरायणमा मृत्युु भएकाहरुले माेक्ष प्राप्त हुने बिश्वास धेरैले लिएका हुन्छन् ।

महाभारयका भिष्म लगायत विष्णु स्वयमले उत्तरायण कुरेरै प्राण त्याग गरेकाे पनि बताईन्छ । तिल अनि गुण सख्खरहरु, कन्दमुलहरु न्यानो अनि ताताे खुराक हुन र जाडाेमा पर्ने मकर संक्रान्तिमा यी खाने कुराहरू खाएमा स्वास्थ्य राम्राे हुने गर्दछ । नेपालमा भने मकर संक्रान्तिका दिन तिल,भुजा अर्थात मुरहि, च्युरा लगायतका कुराहरुकाे लड्डु खाने चलन मात्रै नभई तरुल,सख्खरखण्ड लगायतका जमिनमुनि फल्ने वरा जन्य कन्धमुललाई उसिनेर अथवा तरकारी पकाएर खाने चलन पनि छ । घरमा चेलिवेति,करकुटुम्व छरछिमेक निम्ताे दिने, मिठाे मसिनाे खाने चलन यश दिनकाे विशेष राैनक हाे भने तिहार सके सँगै पहिलाे चाडपर्व माघे संक्रान्तिकाे सम्पुर्ण नेपालीमा शुभकामना ।।



Leave a comment

Your email address will not be published.


*