बुबाआमा नै गुमेपछि बेसाहारा

          |   प्रकाशित मितिः बिहिबार, माघ १३, २०७८     ::: 186 पटक पढिएको   |  

हजुरबुबाको साथमा बिनोद र हिमाल विक ।

दैलेख : जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ठाटीकाँध गाउँपालिका–१ सिराडीका दुई बालक बेसाहारा बनेका छन् । बालापनमै अभिभावक गुमाएपछि ९ बर्षीय बिनोद विक र ७ बर्षीय हिमाल विक बेसाहारा बनेका हुन् । उनिहरु दुई दाजुभाई हुन् । २०७३ मा उनिहरुले आमा गुमाए । सुत्केरी हुन नसक्दा आमा रंगा बिक ज्यान गएको थियो ।

रंगा तेस्रो सन्तानलाई जन्मदिन ठाटीकाँधस्थित प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा पुगेकी थिइन् । गर्भमा बच्चा उल्टो भएको भन्दै स्वास्थ्य केन्द्रले रिफर ग¥यो । तर प्रसव पिडामा रहेकी रंगा दुईदिनसम्म स्वास्थ्य केन्द्रमै छट्पटाई रहिन् । विपन्न परिवारको उनि पैसा नहुँदा उनी स्वास्थ्य केन्द्रमै बस्नु परेको प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी बताउँछन् । गाउँबाट साहुसँग ऋण लिएर दुईदिन पछि मात्र उनलाई सुर्खेत लगियो । अस्पताल पु¥याउदै गर्दा प्रदेश अस्पतालको गेटमै पुग्दा उनले संसार छोडिन् । सन्तानलाई जन्म दिन घरबाट गएकी उनि उतै अस्ताईन ।

आमाको निधनपछि बुबा चक्र बहादुर विकले जसोतसो बालबच्चा पालेकै थिए । २०७६ मा चक्रको पनि जन्डिस रोगबाट निधन भयो । बालापनमै आमा बाबु गुमाएका उनिहरु अहिले ७५ बर्षिय हजुर बुबाको साथमा छन् । आमाको मृत्यु हुँदा बिनोद ४ बर्षका थिए भने हिमाल २ बर्षका थिए । बाबुको मृत्यु हुँदा विनोद ७ बर्ष र हिमाल ५ बर्षका थिए । बिनोद र हिमाललाई आमा आउने आश भने अझैँ मरेको छैन ।

‘आमा मरेकी छैनन, उपचारमै छन्, सन्चो भएपछि आउँछिन् भने आशा छ, बच्चाले चाडपर्व र गाउँका बच्चाले आमा बाबु भनेर बोलाएको बेला हाम्रा आमा बाबु कहिले आउँछन भनेर सोध्ने गर्छन्,’ हजुरबुबा ७५ बर्षिय किर्थे कामी भन्छन् । आकाशमा हेलिकप्टर र प्लेनको आवाज सुन्ने बित्तिकै घर भित्र रहेका दुईवटै बालक आकाश तिर हेर्दै आमा बाबुलाई पठाई दिन जोडले कराउँछन् ।

बालकको घर नजिकै ठाटीकाँध मटेला सडक छ । सडकमा ओहोरदोहोर गर्ने सवारी साधन चलिरहँदा आमा बाबु आएकी भन्ने आशामा सडक नजिकै पिपल चौतारा दौडिएर पुग्छन् । तर पनि सदाका लागि अस्ताएका आमा बाबु कहाँ आउँथे ? मनमा निन्याउरो अनुहार लिएर घर फर्किन्छन् ।

अहिले यी दुई बालकलाई जीविकोपार्जनमा उतिकै समस्या छ । बिद्यालय जादा न झोला छ । न कापी कलम । शरिरमा एकसरो कपडा बाहेक अरु केही छैन् । बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ । सधै अरुको काम गरेर जीवनयापन गर्दै आएका हजुर बुबा बृद्ध हुँदा पहिले जसरी काम गर्न सक्दैनन् । सामाजिक सुरक्षाको भत्ताले तीन जना परिवारको गुजारा चलिरहेको छ ।



Leave a comment

Your email address will not be published.


*