एकै दिन कोरोनाबाट १४ जनाको मृत्यु, ८ हजार ७२३ निको

एकै दिन कोरोनाबाट १४ जनाको मृत्यु, ८ हजार ७२३ निको

काठमाडौँ :नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार देशभरमा १४ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार एन्टिजेन र पीसीआर विधिबाट गरिएको १२ हजार ६०५ परीक्षणमा ३ हजार १७५ मा कोरोना पोजिटिभ देखिएको छ । २४ घण्टामा निको हुनेको संख्या भने ८ हजार ७२३ रहेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ रहेको छ ।

२४ घण्टामा २ लाख ६६ हजार ५४० ले खोप लगाएका छन् ।

प्रतिक्रिया